back
NMB ad

भारत भ्रमणको उदेश्य पुरा हुँदै छः केपी ओली

Kumari bank ad

काठमाण्डौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले  भारत भ्रमण गर्नुको उदेश्य पुरा हुँदै गएको बताएका छन् । उनले नेपाल र भारतबीच भएका सातवटा सम्झौता दुई देशको सम्बन्ध विस्तारमा महत्वपूर्ण उपलब्धि भएको बताएका छन्।

भ्रमण दलमा सहभागी सदस्यहरुलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारत सरकारका विभिन्न मन्त्रीहरुसँग भएको छलफल र दुई पक्षीय वार्ताका बारेमा आइतबार विहान जानकारी गराउँदै प्रधानमन्त्री ओलीले दुई देशको सम्बन्ध विस्तारमा महत्वपूर्ण उपलब्धि भएको बताएका हुन्। प्रधानमन्त्री ओलीले भने–जुन उद्देश्यले यो भ्रमण भएको हो। त्यो उद्देश्य पूरा भएको छ।’

ओलीले नेपाल भारतबीच केही समय यता देखिएका तिक्तता हटेको समेत बताए। भारत सरकारले यो भ्रमणलाई राजकीय सम्मान दिएका कारण पनि दुवै देशको राजनीतिक सम्बन्ध अझै उचाइमा पुगेको प्रधानमन्त्री ओलीको भनाई छ।

उनले भने–दुवै देशबीच भएका समझदारीबाट दुवै देशको राजनीतिक, आर्थिक, विकास निर्माण र सांस्कृतिक सम्बन्धमा महत्वपूर्ण उपलब्धि प्राप्त भएको छ। यी समभदारी समझदारी नेपालको हितमा छन्।’

प्रधानमन्त्रीले ओलीले आफू र भारतीय प्रधानमन्त्रीबीच भएको एक्लाएक्लै वार्ता सौहार्दतापूर्ण र फलदायी भएको पनि बताएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए।

भारत सरकारले आफ्नो भ्रमणलाई राजकीय सम्मान दिएकोमा प्रधानमन्त्रीले भारत सरकार र भारतका सम्माननीय राष्ट्रपति प्रणव मुखर्जीप्रति आभार व्यक्त गरे। 
प्रकाशितः२०७२ फल्गुन ९

वि.सं.२०७२ फागुन ९ आइतवार १२:३८ मा प्रकाशित

You can share this post!

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:४२

त्रिवेणी (नवलपरासी), १२ वैशाख : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली...

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:२५

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार...

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:१८

वासिङ्टन, १२ वैशाख : अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई...

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...