Logo

अखिल मत गणना : करिब १२ सय भोट गन्दा नविनालाई अग्रता

काठमाण्डौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको जम्मा १ हजार ५ सय १९ मतमा अहिले १ हजार ५२ मत गणना भइसकेको छ जसमा अध्यक्ष पदका लागि नविना लामाले अग्रता लिएकी छन्।

नविनाले ६ सय ९ ल्याएकी छन् भने अध्यक्ष पदका अर्का उम्मेदवार दीपक गौतमले ४ सय ४२ मत ल्याएका छन्। हालसम्मको मतगणना अनुसार उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष पदका एकाध बाहेक सबैजसो पदमा नविना लामा प्यानलकै उम्मेदवारहरुको बर्चश्व रहेको छ।

त्यस्तै, उपाध्यक्ष पदका दाबेदारहरुले हलासम्मको मतगणना अनुसार रश्मी आचार्यले ५ सय ३९, निलकण्ठ आचार्यले ३ सय ६१, शैलेश लामाले ४ सय ८५, जीवन राईले ३ सय ९१, सुनिता बराल ५ सय ११, राधिका खतिवडाले ४ सय ५७, महेस बर्तौलाले ५ सय ६६ र सरोज यादव ४ सय २३ मत ल्याएका छन् ।

त्यसैगरी महासचिव पदका उम्मेदवार ऐनबहादुर महरा ६०१ ल्याएका छन् भने अब्दुल हुसेन खाँ ले ४३८ मत पाएका छन् ।

९ फागुन २०७२, ३.००

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com