back
NMB ad

किन अझै असहज छ, डिजेल ?

Kumari bank ad

काठमाडौं । भारतीय आयल कर्पोरेसन (एनओसी)ले नेपाल आयल निगमलाई पेट्रोलको तुलनामा डिजेल कम पठाएको हुँदा बजारमा केही अभाव देखिएको आपूर्ति मन्त्रालयले जनाएको छ ।

आलोपालो रुपमा एउटै गाडीले पेट्रोल र डिजेल भारतबाट ल्याउँदा पनि बजारमा डिजेलको केही अभाव देखिएको र केही दिनभित्र अभाव हट्नेसमेत मन्त्रालयले स्पष्ट पारेको छ ।

आपूर्तिमन्त्री गणेशमान पुनले व्यवस्थापिका–संसद्, उपभोक्ता हित संरक्षण समितिको आजको बैठकमा सो जानकारी दिँदै एनओसीले नेपाल आयल निगमले माग गरेजति पेट्रोलियम पदार्थ अझ दिन नसकिरहेको बताए ।

उनले ग्यास एवम् पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि मन्त्रालयले उच्च प्राथमिकता दिँदै काम गर्दै आएको र अब छिट्टै आपूर्ति सहज हुने बताए । काभ्रेको पाँचखाल, नुवाकोटको बट्टार र गोरखाको खैरेनीटारमा पेट्रोलियम पदार्थ भण्डार केन्द्र स्थापना गर्ने कार्य अगाडि बढाएको मन्त्री पुनले बैठकमा जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा पेट्रोलियम पदार्थ आयातका लागि चीन सरकारसित थप कुराकानी हुने उनले बताए ।

मन्त्री पुनले आयल निगमले आफ्ना कर्मचारीलाई बोनस वितरण नगर्ने सञ्चालक समितिको बोर्ड बैठकबाट भएको जानकारी सांसदहरुलाई गराएका थिए सो अवसरमा सांसदहरु पवनकुमार सारडा, छाया शर्मा पन्त, श्यामकुमार श्रेष्ठ, कञ्चन वादे श्रेष्ठ र अनन्त पौडेलले आयल निगमको आम्दानीबाट कर्मचारीलाई बोनस वितरण नगर्न र आपूर्ति सहज बनाउन माग गरेका थिए ।

आपूर्ति मन्त्रालयका सचिव श्रीधर सापकोटाले मन्त्रालयअन्तर्गत उपभोक्ता हित संरक्षण महाशाखा गठन गर्न लागेको जानकारी दिए ।

वि.सं.२०७२ चैत ४ बिहीवार १७:०६ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...