Logo

अब हुन्डाईको गाडी किन्दा सात लाखसम्म छुट

काठमाण्डौं । नेपालमा सबैभन्दा बढी प्यासेन्जर भेइकल बिक्री गर्ने हुन्डाईले नयाँ वर्षको अवसरमा सात लाखसम्मको नगद छुट योजना ल्याएको छ । हुन्डाई गाडीको नेपालको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेटलले हुन्डाईका विभिन्न गाडीमा छुट योजना ल्याएको हो ।

हुन्डाईको सान्टाफे किन्ने उपभोक्ताले ६ लाख ८० हजार नगद छुट पाउनेछ । हुन्डाईको टक्सन गाडी किन्नेले ४ लाख १५ हजार, क्रेटामा १ लाख ९९ हजार, भेलोस्टार किन्नेले ४ लाख १९ हजार, इलेन्ट्रा किन्नेले ३ लाख ८४ हजार, भर्ना किन्नेले २ लाख ६० हजार, आई २० एक्टिभ किन्नेले २ लाख २ हजार, एलिट आई २० किन्नेले १ लाख ७४ हजार, एसेन्ट किन्नेले १ लाख ९२ हजार, ग्रान्ड आई टेन किन्नेले १ लाख ६७ हजार र इयोन किन्नेले १ लाख ७० हजार ७ सय नगद छुट पाउनेछ । यो वाहेक कम्पनीले दिएको तीन वर्ष वारेन्टी र तीन वर्ष निशुल्क सर्भिसिङ निरन्तर कायम रहेको जनाएको छ ।

८ बैशाख २०७३, ९।००

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com