Logo

टाटा मोटर्सले नेपाली ग्राहकका लागि नयाँ सेवा ल्यायो

काठमाडौं । टाटा मोटर्सले नेपाली ग्राहकका लागि पेसेन्जर भेहिकलअन्तर्गत विशेष सेवा सुविधा सार्वजनिक गरेको छ । सेवा संचालनपछि ग्राहकले टाटा मोटर्सका बारेमा थप गुणस्तरीय सेवा पाउन सक्ने कम्पनीले जनाएको छ ।

टाटा मोटर्सको कस्टुमर सपोर्ट, पेसेन्जर भेहिकल, इन्टरनेशनल बिजनेश सचिन साहनी र टाटा मोटर्सको कमर्सियल र पेसेन्जर भेहिकल बिजनेस युनिटको नेपालका लागि आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिका सिइओ रामबाबु श्रेष्ठले संयुक्त रुपमा सेवा उद्घाटन गरेका थिए ।

कम्पनीले ग्राहक सेवाका निम्ति पहिलोपटक ९० मिनेटभित्र फास्टट्रयक सर्भिस, ४८ घन्टाभित्रै कार मर्मत गरी डेलिभरी सुविधा, सातै दिन र चौबिसै घण्टा ग्राहक सेवाकेन्द्र, सर्भ्सििङ कारका लागि फ्रि पिकअप र ड्रप सुविधा, टाटा मोटर्स कनेक्ट मोबाइल एप्लिकेसनलगायत सेवा सुविधा सार्वजनिक गरेको हो ।

प्रकाशितः २०७३ वैशाख ९

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com