back
NMB ad

खोटाङमा २ दिन अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुने

Kumari bank ad

खोटाङ । जिल्लामा आगामी जेठ महिनाको अन्तिम हप्ता ‘प्रथम खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता’ हुने भएको छ ।

खेल संस्कृतिको विकास गर्दै जिल्लालाई खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने उद्देश्यले नेपाल सितेरियो कराते सङ्घ खोटाङको आयोजनामा आगामी जेठ–२१ देखि २३ गतेसम्म सदरमुकाम दिक्तेलमा सो प्रतियोगिता हुने भएको हो ।

प्रतियोगिता सञ्चालनका लागि प्रजिअ चन्द्रबहादुर कार्कीको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । करिब रु ३५ लाखको लागतमा सम्पन्न गर्ने लक्ष्य राखिएको प्रतियोगिता सफल पार्नका लागि जिल्लास्थित राजनीतिक दल, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि उपसमितिमा समेटिएका छन् ।

दिक्तेलस्थित माटिकोरे खेलमैदानमा सञ्चालन गरिने प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र चौथो हुने समूहले क्रमशः रु एक लाख, ७० हजार, ४० हजार र २० हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा अनुशासित समूह, उत्कृष्ट मार्चपास गर्ने समूह, उत्कृष्ट महिला तथा पुरुष खेलाडी, उत्कृष्ट टिम कोच, उत्कृष्ट टिम व्यवस्थापक, अनुशासित पुरुष तथा महिला खेलाडीलाई दश÷दश हजार नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने सङ्घका अध्यक्ष सञ्जयकुमार राईले बताउनुभयो ।

आर्थिक सहयोग सङ्कलनबाट आयोजना गरिने प्रतियोगितामा नेपालका पाँचै विकास क्षेत्र, विभागीय टोली नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल विश्वविद्यालय तथा भारत, भुटान, बङ्गलादेश र श्रीलङ्काको सहभागिता रहने आयोजकले जनाएका छन् । १८ समूहको सहभागिता रहने प्रतियोगितामा ४५० जना खेलाडीले प्रतिस्पर्धा गर्ने जनाइएको छ । ७६ पदक सङ्ख्याका लागि प्रतिस्पर्धा गराइने प्रतियोगितामा १९ स्वर्ण, १९ रजत र ३८ कास्य पदक रहेको छ ।

प्रतियोगितामा पुरुष एकल काता, महिला एकल काता तथा पुरुष टिम काता र महिला टिम कातामा तीन÷तीन जनाको समूह रहने आयोजकले जनाएको छ । प्रतियोगितामा पुरुषतर्फ ४५, ५०, ५५, ६५, ६७, ७५, ८४ र ८४ केजी भन्दामाथि तथा महिलातर्फ ४०, ४५, ५०, ५५, ६१, ६८ र ६८ केजीभन्दा माथि प्रतिस्पर्धा गराइने सङ्घका उपाध्यक्ष मिलन कसजुले जानकारी दिनुभयो । प्रतियोगिताका लागि सङ्घले १२ जना खेलाडीको आयोजक टोली छानिसकेको छ ।

प्रकाशितः २०७३ वैशाख १५

वि.सं.२०७३ वैशाख १५ बुधवार १३:०० मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...