back
NMB ad

माछापुच्छ्रे बैंकले १८ करोड र नेपाल एसविआई बैंकले १२ करोड नाफा बढायो

Kumari bank ad

काठमाडौं । माछापुच्छ्रे बैंकले यस वर्ष अघिल्लो वर्षको तुलनामा १८ करोड रुपैयाँ नाफा बढाएको हो ।

चैत मसान्तसम्म बैंकले ६२ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा बैंकले ४४ करोड एक लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले ३० करोड रुपैयाँ व्याज आम्दानी बृद्धि गर्यो ।

बैंकले चैत मसान्तसम्म एक अर्ब ३१ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत वर्षको यही अवधिको तुलनामा यस्तो आम्दानी ३१ करोड रुपैयाँ बढी हो । व्याज आम्दानी बाहेक बैंकको अन्य स्रोतमा फि र कमिशन, विदेशी मुद्राको कारोबार र राइटव्याक प्रमुख छन् ।

यो अवधिमा बैंकले फि र कमिशन बापत १२ करोड ८८ लाख र विदेशी मुद्राको कारोबारबाट आठ करोड ४६ लाख रुपैयाँ कमाएको छ । साढे नौ करोड रुपैयाँ राइटव्याक गरेर आम्दानीमा जोडेको छ ।

बैंकले करिब सात अर्ब रुपैयाँ निक्षेप बढाएको छ भने कर्जा लगानी पाँच अर्ब रुपैयाँ भन्दा बढी विस्तार गरेको छ ।
 
नेपाल एसविआई बैंकले तेस्रो त्रैमासिक अवधिसम्म ९५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा १२ करोड रुपैयाँ बढी हो । गत वर्ष तेस्रो त्रैमासिक अवधिसम्म बैंकले ८२ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । Nepal-SBI-Bank

व्याज आम्दानी २३ करोड रुपैयाँ बढाएको छ । तेस्रो त्रैमासिक अवधिसम्म बैंकले एक अर्ब ७३ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको हो । बैंकको दास्रो ठूलो आम्दानी फि, कमिशनबाट देखिएको छ । यो शीर्षकमा बैंकले ४२ करोड रुपैयाँ कमाएको छ । विदेशी विनिमयबाट बैंकले नौ करोड कमायो भने राइटव्याक गरेर साढे पाँच करोड रुपैयाँ आम्दानीमा जोड्यो ।

बैंकले निक्षेप ६३ अर्ब रुपैयाँ पुर्याएको छ भने कर्जा लगानी ४६ अर्ब रुपैयाँ पुर्यायो ।

प्रकाशितः २०७३ वैशाख २५

वि.सं.२०७३ वैशाख २५ शनिवार १४:०९ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...