Logo

आउने भो प्राइम कमर्सियल बैंकको सवा करोड बढी सेयर !

काठमाण्डौं । प्राइम कमर्सियल बैंकले हकप्रद सेयर निष्काशनका लागि धितोपत्र बोर्डमा आवेदन दर्ता गराएको छ । बैंकले आज आइतबार हकप्रद सेयर निष्काशनका लागि बोर्डमा आवेदन पेश गरेको हो ।

Prime_Bank_Banner_General_Saving

प्राइमले बैंकले नेपाल राष्ट्र बैंकले ल्याएको पूँजी बृद्धि योजना अनुरुप हकप्रद सेयर निष्काशन गर्न लागेको हो । बैंकले ३ः१ अनुपातमा हकप्रद सेयर निष्काशनका लागि बोर्डमा आवेदन दिएको छ । जस अनुसार बैंकले आफ्ना सेयर धनीका लागि १ करोड २३ लाख ५० हजार ८ सय ७४ कित्ता अर्थात १ अर्ब २३ करोड ५० लाख ८७ हजार ४ सय रुपैयाँको हकप्रद सेयर निष्काशन गर्ने छ ।

यो सेयर बिक्रीका लागि बैंकले सिभिल क्यापिटललाई विक्री प्रवन्धकमा नियुक्ति गरेको छ । हकप्रद सेयर निष्काशनका लागि बैंकको साधारण सभाले केही समय अघि मात्र अनुमोदन गरेको थियो ।

१७ जेठ २०७३, २.००

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com