Logo

सिटिजन्सले ल्यायो १ करोड ६७ लाख ५८ हजार ७८६ कित्ता सेयर !

काठमाण्डौं । सिटिजन्स बैंक इन्टरनेशनलले १०० रुपैयाँ अंकित दरका एक करोड ६८ लाख ५८ हजार ७८६ कित्ता सेयर जारी गर्ने भएकोछ । बैंकले असार ५ गतेबाट आवेदन खुल्ने गरी हकप्रद सेयर जारी गर्ने भएको हो ।

बैंकको सेयर निस्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमइ क्यापिटल छ । बैंकको हकप्रद सेयर साउन ९ गतेसम्म भर्न पाइन्छ ।

सिटिजन्सले यही जेठ २४ गते हकप्रद शेयर जारी प्रयोजनका लागि शेयरधनी दर्ता किताब बन्द हुने सूचना जारी गरेको थियो । जेठ २३ गतेसम्म शेयर किन्नेले सिटिजन्सको हकप्रद भर्न पाउने छन् ।

२० जेठ २०७३, ९।००

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com