back
NMB ad

चार कम्पनीले ल्याउने भए ३७ लाख ३२ हजार कित्ता सेयर, हिजो मिल्यो अनुमति !

Kumari bank ad

काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले हकप्रद सेयर निष्काशनका लागि एकै दिनमा ४ वटा कम्पनीहरुलाई स्वीकृति दिएको छ । ४ कम्पनीले कुल ३७ लाख ३२ हजार कित्ता हकप्रद निष्काशनको अनुमती पाएका हुन् ।

बोर्डले एउटा बीमा कम्पनी, २ वटा विकास बैंक र एउटा फाइनान्सलाई पछिल्लो पटक हकप्रद सेयर निष्काशनको अनुमती दिएको हो । हकप्रद सेयर निष्काशनको अनुमती पाउनेहरुमा कसमस डेभलपमेण्ट बैंकले १ बराबर १ अर्थात शतप्रतिशत, अल्पाइन डेभलपमेण्ट बैंकले ३ बराबर २ दशमलव ०८४ कित्ता, सुर्या लाइफ इन्स्योरेन्सले ४ बराबर १ अर्थात २५ प्रतिशत र युनाइटेड फाइनान्सले पनि ४ बराबर अर्थात २५ प्रतिशत हकप्रद निष्काशनको अनुमती पाएका हुन् ।

५ करोड ३ लाख १२ हजार रुपैंइा चुक्ता पूँजी रहेको कसमस डेभलपमेण्ट बैंकले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ९३ लाख ३० हजार रुपैंया खुद नाफा कमाएको छ । बुधबार प्रतिकित्ता सेयर ६ सय १० रुपैंयामा किनबेच भएको कसमसको प्रतिसेयर आम्दानी २४ रुपैंया ७३ पैसा छ ।

त्यसै गरि ११ करोड ८० लाख रुपैंया चुक्ता पूँजी रहेको अल्पाइन डेभलपमेण्टले चैत मसान्तसम्ममा २ करोड ४१ लाख ३५ हजार रुपैंया खुद नाफा गरेको छ । बिहीबार प्रतिकित्ता सेयरको ६ सय २० रुपैंयामा कारोबार भएको बैंकको प्रतिशेयर आम्दानी २० रुपैंया ४२ पैसा छ ।

५० करोड रुपैंइा चुक्ता पूँजी रहेको सुर्या लाइफ इन्स्योरेन्स कम्पनीले गत चैत मसान्तसम्मा ७९ लाख ९ हजार रुपैंया खुद नाफा कमाएको छ । सुर्य लाइफको बिहीबार प्रतिकित्ता सेयर १ हजार २ सय ३० रुपैंयामा किनबेच भएको छ ।

बिहीबार ४ सय ८ रुपैंया प्रतिकित्ताका दरले सेयर कारोबार भएको युनाइटेड फाइनान्सले चैत मसान्तसम्ममा ७ करोड ४३ लाख रुपैंया खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २१ रुपैंया ३८ पैसा रहेको फाइनान्सको चुक्ता पूँजी ४६ करोड ३९ लाख ३५ हजार रुपैंया रहेको छ ।

१० असार २०७३, १०।००

वि.सं.२०७३ असार १० शुक्रवार १२:०७ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...