काठमाण्डौं । साताको पहिलो दिन आइतबारको सेयर बजार ओरालो लागेको छ । आज नेप्सेमा कारोबार पनि कम भएको छ भने यसदिन बजारमा १४१ कम्पनीको सेयर किनबेच भयो ।
त्यस्तै, नेप्से परिसूचक १५.१७ अंकले घटेर १८६२.७६ अंकमा झरेको छ । गत साताको बजारमा सरदर दुई अर्ब बढीको कारोबार हुँदै आएकोमा आइतबार एक अर्ब ७५ करोड रुपैयाँ बराबरको मात्र सेयर किनबेच भएको छ । यो रकम अघिल्लो कारोबारको तुलनामा करिब ५५ करोड कम हो ।
आज सबैभन्दा धेरै होटल समूहमा ९५ अंकको गिरावट देखिएको छ भने बीमाको ४५ अंक भन्दा बढीले ओरालो लागेको छ । आज वाणिज्य बैंकको समूह पनि २० अंकले झरेको छ ।
१६ साउन २०७३,३।३०
वि.सं.२०७३ साउन १६ आइतवार १६:०२ मा प्रकाशित