Logo

पुष्पकमल दाहाल प्रचण्ड नेपालको प्रधानमन्त्रीमा निर्वाचित !

काठमाण्डौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मुलुकको ३९ औँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । उनले ३६३ मत पाएका थिए भने विपक्षमा २१० मत परेको थियो । दाहाल संसदको सवैभन्दा ठूलो दल नेपाली कांग्रेस लगायत १६ दलहरुको समर्थनमा दोस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित भएका हुन्।

Prachanda

संविधानको धारा २९८ को उपधारा ३ अनुसार संसदको मतदानबाट ३९ औँ प्रधानमन्त्रीमा निर्वाचित भएसँगै उनी दोस्रो पटक प्रधानमन्त्री हुने पहिलो कम्युनिस्ट नेता समेत भएकाछन् ।

दाहाललाई १६ दल कांग्रेसका २०७, माओवादी केन्द्रका ८१, सङ्घीय समाजवादीका १५, फोरम (लोकतान्त्रिक)का १४, सद्भावना पार्टीका पाँच, नेकपा (संयुक्त) तीन, थरुहट तराई पार्टी दुई, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) का एक, समाजवादी जनता पार्टी एक, नेपाली जनता दल एक, खुम्बुवान राष्ट्रिय मोर्चा एक, अखण्ड नेपाल पार्टी एक, दलित जनजाति पार्टी एक, जनजागरण पार्टी एक र स्वतन्त्र सांसदले समर्थन गरेका थिए ।

१९ साउन २०७३, ३।४०

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com