Logo

विकास बैंकको साढे तीन लाख कित्ता सेयर खुल्यो !

काठमाण्डौं । सहारा विकास बैंकले डेढ सय प्रतिशत अर्थात एक सय कित्ता बराबर १५० कित्ता हकप्रद शेयर जारी गरेको छ । बैकले ३ करोड ५४ लाख रुपैयाँ बराबरको ३ लाख ५४ हजार कित्ता शेयर जारी गरेको हो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताले ग्लोबल आइएमई र सहारा विकास बैंकका सबै शाखाकार्यालय मार्फत आवेदन दिन पाउनेछन् ।

कम्पनीको हकप्रदमा असोज १४ गतेदेखि कार्तिक १८ गतेसम्म आवेद दिन सकिने कम्पनीले जनाएको छ । भदौ २२ गतेसम्म कायम बैंकका शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन पाउनेछन् ।

हाल बैंकको २ करोड ३६ लाख रुपैयाँ चुक्तापुँजी रहेको छ । हकप्रद निष्काशन पश्चात चुक्तापुँजी ५ करोड ९० लाख रुपैयाँ पुग्नेछ ।

प्रकाशितः २०७३ असोज १४

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com