काठमाडौं । नेपाल धितोपत्र बोर्डले हिमालयन बैंकलाई ७ कित्ता बराबर १ कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशनको लागि अनुमति दिएको छ । जस अनुसार कुल ६४ लाख २७ हजार ३ सय ५० कित्ता हकप्रद सेयर निष्काशन हुने भएको हो ।
बैंकले लक्ष्मी क्यापिटललाई बिक्री प्रबन्धक रुपमा नियुक्त गरेको छ । ४ अर्ब ४९ करोड चुक्ता पुँजी रहेको हिमालयन बैंकले गत आर्थिक बर्षमा १ अर्ब ९१ करोड नाफा आर्जन गरेको थियो ।
प्रकाशितः २०७३ असोज १५
वि.सं.२०७३ असोज १५ शनिवार ११:३५ मा प्रकाशित