Logo

प्रभु बैंकको सेयर कारोबार आजबाट खुल्यो, एक कित्ताको ३३६ रुपैयाँ !

काठमाण्डौं । १० महिना पछि प्रभु बैंकको नेप्सेमा सेयर कारोबार खुलेको छ । राष्ट्र बैंकले  ग्राण्ड बैंकको सेयर कारोबार रोकेर प्रभुको मात्र खोल्न अनुमति दिएपछि नेप्सेले प्रभुको मात्र सेयर कारोबार खुलाएको हो ।

प्रभु बैंकको ग्राण्ड बैंकसँग मर्जमा जानु अघि कायम रहेको सेयरको मात्र आजदेखि नेप्सेमा कारोबार फुकुवा भएको हो । प्रभु बैंकले जारी गरेको २० प्रतिशत हकप्रद समायोजन पश्चात बैंकको प्रतिकित्ता सेयरमूल्य ३६३ रुपैयाँ तोकिएको नेप्सेले जनाएको छ । बैंकको मर्जरमा जानुअघि नेप्सेमा प्रतिकित्ता ४१५ रुपैयाँमा सेयर किनबेच भएको थियो ।

प्रभु बैंकले केही समय अघि साविकको चुक्ता पूँजीको २० प्रतिशत हकप्रद निष्काशन गरेकोमा गत बिहीबार उक्त सेयर नेपाल स्टक एक्सचेञ्जमा सुचिकृत भैसकेको छ ।

१७ असोज २०७३, १२।००

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com