एकपटक एक युवकलाई सफलताको रहस्य जान्ने इच्छा भयो । उसलाई थाहा थियो यो विषयमा उसलाई सुकरात भन्दा विशेष रुपमा अरु कसैले पनि जानकारी दिन सक्दैन । किनभने सुकरात एक दार्शनिक थिए र निकै अध्ययनशील व्यक्ति थिए ।
यति सोचेर त्यो व्यक्ति सुकरातको घरतिर लागे । त्यहाँ उनले सुकरातलाई भेटे र आफू आउनको कारण बताउँदै सोध्न थलो । उनले सोधे, ‘सफलता भनेको के हो ? र कसरी सफल हुने रहस्य सकिन्छ ?’ त्यसपछि सुकरातले ती युवकलाई यसको जवाफ पाउनका लागि उनलाई भोलि नदी किनारमा भेट्न भने । ती व्यक्ति यो प्रश्नको जवाफ पाउन अत्यन्त आतुर थिए, यसले गर्दा ती व्यक्तिले सहजै हुन्छ भन्ने उत्तर दिए ।
भोलिपल्ट बिहान ती व्यक्ति नदी किनारामा सुकरातलाई भेट्न पुगे । नदी किनारमा उनीहरु एकअर्का सँगसँगै हिंड्न थाले । त्यही बेला सुकरातले ती व्यक्तिको टाउको समाते र पानी भित्र न्याकिदिए ।
केही समयपछि, सुकरातले ती व्यक्तिको टाउको पानीबाट निकाले र उनलाई सोधे, तिमीलाई पानी भित्र रहेको बेला सबैभन्दा बढी के कुराको याद आयो । यो कुराको जवाफ ती व्यक्तिले सहजै दिए, ‘सास फेर्न ।’
त्यसपछि सुकरातले ती व्यक्तिलाई जवाफ दिए कि जुन कुराको उत्तर खोज्न उनी आएको थिए । त्यो उत्तर त्यही थियो । यदि कसैले कुनै कुरालाई आफूले सास फेर्नु जत्तिकै लगावका साथ चाहमन्छ भने र यदि त्यो कुनै पनि कुरा पाउनका लागि हरेक सम्भव प्रयास गर्छ भने, त्यो नै सफलताको सूत्र हो ।
यो सानो घटनाबाट ती व्यक्तिलाई सुकरातले तीनवटा कुरा सिकाएः
१. सफलताको लागि कुनै सर्टकर्ट भन्ने हुँदैन, हाम्रो सफलता भनेको हामी कत्तिको दृढताका साथ लागिपरेका छौं भन्ने कुरामा निर्भर गर्छ ।
२. कुनै पनि व्यक्तिले सफलताका लागि त्यत्तिकै लड्नुपर्छ जति त्यो व्यक्ति सुकरातले उसको टाउको पानीमा न्याकिदिएपछि सास फेर्नका लागि संघर्षरत थियो ।
३. कुनै पनि सफलता चाहन्छ भने ऊ त्यो बाटोमा सदैंव लागिरहनुपर्छ अनि मात्र उसले फिर्तामा सफलता पाउँछ ।
वि.सं.२०७३ असोज २७ बिहीवार ०८:५३ मा प्रकाशित