back
NMB ad

संस्कृत पढ्नुृभा’छ या कम्प्यूटर आउँछ ? नेपाली सेनामा खुल्यो करिब २१ सयका लागि जागिर !

Kumari bank ad

काठमाण्डौँ । नेपाली सेनाले बिभिन्न पदमा दुई हजार ५४ जनालाई जागिर खुला गरेको छ। सेनाले लेखाको जमदार देखि, कपाल काट्ने, वेटर एवं सहायक पण्डित सम्मको लागि दरबन्दी आह्वान गरेको हो।

जंगी अड्डा एवं राजधानी बाहिरका बिभिन्न ब्यारेकका लागि सेनाले कर्मचारी माग गरेको छ। जंगी अड्डामा सबैभन्दा धेरै चार सय जना जवान मागिएको छ। तालिम पश्चात उनीहरुले नेपाली सेनाको जवानको रुपमा काम गर्नेछन्। उपत्यका बाहिर पुर्वी पृतना हेर्डक्वार्टर इटहरीका लागि १ सय ६० जनाका लागि दरखास्त मागेको छ। सोही पदमा भैरबीदल पाँचथर, ज्वालादल गण जाजरकोट र शेर गण खोटाङमा ६०÷६० जनाको जागिर खुलेको छ। ज्वालादल र शेर गणमा लोहार समेत क्रमशः तीन जना, दुई जना माग गरिएको छ।

कृष्णदल गण राजविराज, ९ नम्बर बाहिनी अड्डा सिन्धुली, ईन्द्रबक्स गण रौतहट र सुदूर पश्चिम पृतना दिपायलमा मा ७५÷७५ जना सैन्यका लागि दरखास्त आह्वान गरिएको छ।सेनाले मध्य पृतना मकवानपुर,  २२ नम्बर वाहिनी बुटवल, पशुपतीप्रसाद गण लमजुङ, ४ नम्बर बाहिनी नेपालगञ्ज, रिपुमर्दिनी गण घोराही र शिवदल गण धनगढीमा १००÷१०० जना सैन्य माग गरेको छ।

पश्चिम पृतना हेड क्वार्टर पोखरामा १५० जना एवं भगवती दल गण जुम्ला र संग्रामसार्दुल गुल्म बझाङमा ५०/५० जना सैन्यको लागि सेनाले दरखास्त आह्वान गरेको छ। भगवतीदलमा दुई जना चर्मकर्मी र सग्रामसार्दुलमा दुई जना लोहार समेत माग गरिएको छ। सेनाका अनुसार जहाँका लागि दरबन्दी खुला गरेको हो इच्छुकले त्यहिँ निवेदन दिनुपर्नेछ।

जंगी अड्काका लागि पाँच जना लेखा जम्दार एवं छ जना सहायक पण्डित (हुद्दा) समेत सेनाले माग गरेको छ। जंगी अड्डामा ११ जना अमल्दार, ५० जना सैन्य ड्राइभर, ४७ जना बन्दोबस्ती कार्य सिपाही, २२ जना कूचिकार, एक जना धोवी, पाँच जना केशकर्तक र नौ जना वेटर पनि माग गरिएको छ। सेनाले सबै भन्दा धेरै माग गरेको सैन्य पदमा भिड्न शैक्षिक योग्यता आठ कक्षा पास भए पुग्नेछ।

सहायक पण्डितका लागि भने कम्तिमा २०० पुर्णाङ्को संस्कृति विषय लिइ १० कक्षा पास गरेको एवं कर्मकाण्ड गराउन सक्ने हुनुपर्नेछ। लेखा जम्दारका लागि भने सेनाले एसएलसी पास गरि कम्तिमा तीन महिनाको आधारभूत कम्युटर तालिम लिएको व्यक्ति खोजेको छ।

ड्राइभरमा भने कम्तिमा कक्षा आठ पास गरेको र लाइटरहेभी सवारीको लाइसेन्स लिएको हुनुपर्ने जनाइएको छ। अरु सबै पदका लागि साधारण लेखपढ गर्न जानेको भए पुग्नेछ। सबै पदमा भिड्न १८ बर्ष पुरा भएको हुनुपर्नेछ। साथै सैन्य र ड्राइभरका लागि २२ बर्ष ननाघेको हुनु पर्नेछ। लेखा जमदार, सहायक पण्डित र अमल्दारको हकमा भने २५ बर्षको उमेर सिमा राखिएको छ। अरु सबै साना (फलोअर्स) पदमा भने २६ बर्ष ननाघेको हुनुपर्नेछ।सबै तहका कर्मचारीले शारीरिक परिक्षा पनि दिनु पर्नेछ।

१ कार्तिक २०७३, ११।००

वि.सं.२०७३ कात्तिक १ सोमवार ११:४४ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...