back
NMB ad

कसरी २४ सैं घण्टा बिजुली ?

Kumari bank ad

१५ सय मेगावाट बिद्युतले पुग्छ भन्ने नेपालका कस्ता विज्ञ ?
नेपालका कतिपय विज्ञहरुले नेपालमा अब बिद्युत् चाँहिदैन । १५ सय मेगावाट भए जति चाँहिदो पुग्छ । अरु निर्माण गर्नुहुँदैन, अब पिपिए रोक्नुपर्छ भन्ने विज्ञहरु पनि मैले भेटें । उहाँहरु कस्ता विज्ञ ?लोडसेडिङ त अन्त्य हुनै सक्दैन भनेर जनतालाई निराश बनाउने विज्ञहरु पनि मैले भेटें । ती वास्तवमा विज्ञ नभएर ज्ञान भएका तर जनतालाई लाभदायक बुद्धीजिवी नभएको मलाई लागेको छ ।

कसरी २४ सैं घण्टा बिजुली ?

मैले थुप्रै अरु विज्ञ र प्राबिधिकहरुको सुझाव लिए । प्रयास गर्दा सम्भव छ भन्ने विज्ञहरु पनि पाएं । काम गरेपछि, प्रतिबद्ध भएपछि सुधार हुन्छ, ध्यान केन्द्रित गरेपछि हुन्छ । मुख्यकुरा यो मन्त्रालय र प्राधिकरणले आफैंप्रति चुनौति खडा गरेको छ । चुनौति सामना गर्न तयार भएपछि यो हुन्छ भन्ने कुरा प्रष्ट भएको छ । कमसेकम काठमाडौ र देशभरीका जनताले कम समय लोडसेडिङ र काठमाडौका जनताले २४ घण्टा नै बत्ती बाल्न पाएको छ । यो सुधारको कारणले भएको हो । बिद्युत् चुहावट र व्यवस्थापकीय कमजोरीमा सुधारमात्र गरेको हो ।

मन्त्री भएपछि गेर चेन्ज गरें दौडन तयार हुनुस्

मन्त्रीको कार्यभार सम्हालेदेखि मैले सबै साथीहरुलाई आग्रह गरेको थिएं । मैले गेर चेन्ज गरे सबै साथीहरुलाई दौडन तयार हुनुस् भनेको थिएं । पहिलो कुरा त मान्छेको मानसिकतामा भएको चुहावट र निराशालाई हटाउने कुरा हो भन्ने कुरामा म लागिपरें । तपाईहरुलाई आवश्यक सहयोगमा प्रोत्साहन गर्न म तयार छु तर काम नगर्नेलाई कारबाही गर्छु भनर कर्मचारीहरुलाई भनेें ।

कुर्सीमा बसेपछि रातको बाह्र बजेपनि काम गर्नुपर्छ

म आफैं सक्षम नेतृत्वलाई मात्र साथ लिन्छु भनेर सक्षम नेतृत्व र नयाँ नेतृत्वलाई टार्गेट दिएं । तपाईहरु मुख्य व्यक्तिको कुर्सीमा बसेपछि रातको बाह्र बजेपनि काम गर्नुपर्छ । मुख्य नेतृत्व कुर्सीमा मात्र बस्ने होईन फिल्डमा पनि जानुपर्छ भने म आफैं पनि फिल्डमा गएँ । कतिपय ठाउँमा म आफैं गएर ठेकेदार र अरुलाई निर्देशन दिएं ।

लोडसेडिङको तालिका बनाउने र जनतालाई दिईदिने चलन रहेछ

मुख्य कुरा हामीसँग भएको बिद्युतको लेखाजोखा गर्नुभन्दा पनि एउटा लोडसेडिङको तालिका बनाउने र जनतालाई दिईदिने अनि बिद्युत् सोर्स लगाएर आउने, आवश्यकता भन्दा बढि बिद्युत् प्रयोग गर्न चाहनेलाई भित्र भित्रै सहुलियतमा बिद्युत् दिने खालका व्यवस्था भेटिएका छन् ।

नेतृत्व गर्नेहरु व्यक्तिगत स्वार्थमा केन्द्रित भएको कारणले आजसम्म बिजुलीमा समस्या

दोस्रोकुरा भएको बिद्युत्को लोड व्यवस्थापन गर्ने कुरामा दृढतापूर्वक जनताप्रति उत्तरदायी भएर नगर्ने र काम चलाउ ढंगले गर्ने नेतृत्वले काम गर्ने गरेको पाईयो । अरु कर्मचारीको के दोष नेतृत्वले नै काम नगरेपछि त्यहि प्रभावमा ध्यान अन्तै जाने भैहाल्छ नि । ती नेतृत्वकर्ताहरु जो सुधारमा ध्यान केन्द्रित गर्नुभन्दा अरु व्यक्तिगत स्वार्थमा केन्द्रित भएको कारणले आजसम्म बिजुलीमा समस्या आएको हो ।प्राबिधिक क्षेत्रमा जस्तो ट्रान्सफर्मर मर्मत गर्नुपर्ने, कहाँनेर लिक (चुहावट) भईरहेको छ, चुहावट र चोरी नियन्त्रण नगर्ने जस्ता कामहरु कै कारणले समस्या पैदा भएको पाएको छु ।

अध्ययनको क्रममा छु, नीतिगत समस्यालाई छिट्टै जनतामाझ सार्वजनिक गर्नेछु

म लेखा समितिको सभापति हुँदा एउटा मुद्धा म कहाँ आयो । डेडिकेटेड लाईन सँग सम्बन्धीत विषय थियो । त्यसको मूल्य घटाउने कुरा आयो । हाम्रो समितिले मूल्य घटाउने होईन नघटाएर दिनु भन्ने निर्णय भयो । जनतालाई लोडसेडिङको मार परिरहेको बेलामा डेडिकेटेड लाईन पनि सस्तो मूल्यमा दिन मिल्दैन भनेर मूल्य नघटाउन निर्देशन दिएका थियौं ।सानो उदाहरण त्यस्तो कुरा किन हुने रहेछ भन्ने मैले जानकारी पाएको छु । समग्र कुरा अध्ययन गरेपछि म जनतालाई जानकारी गराउनेछु ।नीतिगत समस्या रहेछन् व्यवस्थित रिपोर्टको आधारमा सार्वजनिक गर्नेछु ।

प्रकृति हेरी गलत काम गर्ने जो कोही कारबाहीको दायरामा !

कसैप्रति आग्रह पूर्वाग्रह नराखी सत्यतथ्य बाहिर आउँदा सुधार पनि हुन्छ र जनताको साथ पनि यसैमा रहन्छ । जनतालाई सहि सूचना दिनुपर्छ । मैले सबैसँग रिपोर्ट मागेको छु ।प्रकृति हेरी गलत काम गर्ने जो कोही कारबाहीको दायरामा आउँछन् ।

कुलेखानीमा दूध जम्मा भएको हैन !

कुलेखानीमा जम्मा भएको पानी नै हो, त्यहाँ दूध जम्मा भएको छैन । दूध भएको भए सिध्यायो भन्ने कुरा हुन्थ्यो । पानी नै हो पानी नै सिध्याउने कुरा हो । म आउनुभन्दा पहिले कुलेखानी सकिदिउँ नयाँ मन्त्री आएको छ यसलाई सकिदिउँ भन्ने मानसिकता पनि पाएँ ।

लोडसेडिङ अन्त्य गर्ने अभियानमा म छु कुलेखानी कतिबेला प्रयोग गर्नुपर्छ भन्ने राम्ररी जानकारी छ

कुलेखानीमा अहिले गतवर्षभन्दा १० मिटर कम पानी छ । म त्यहाँ गएर प्रत्यक्ष हेरेपछि पाएँ । यसलाई तत्काल बन्द गर्न आदेश दिएको छु । त्यो दिन देखि कहिले १० मिनेट, कहिले १५ मिनेट, अति जरुरी भएको बेलामा ४५ मिनेटसम्म त्यो पनि थोरै उर्जा व्यवस्थापन गर्नेगरि चल्ने गरेको छ । अहिले कुलेखानी कतिबेला चलाउनुपर्छ भन्ने कुरा भनिएका बुद्धिजिवी भन्दा मलाई नै धेरै छ । त्यो लोडसेडिङ अन्त्य गर्ने अभियानमा म छु । कतिबेला प्रयोग गर्नुपर्छ भन्ने मलाई जानकारी छ । कुलेखानीको त्यही अनुरुप प्रयोग छ ।

कतिपय बुद्धीजिवीले अहिलेको बिजुली नक्कली भनेर बाल्नुहुँदैन भनेर निभाएको पनि सुनें

लोकप्रियताका कुरा गर्दा कतिपय बुद्धिजिवीले यो बत्ति नै बाल्नुहुँदैन भन्ने पनि सुने । निभाएको पनि सुनें । कतिपय बुद्धिजिवीले यो त नक्कली बिद्युत् हो भन्ने पनि सुनें । त्यो क्रिया प्रतिक्रिया आउनुलाई मैले स्वभाविक ठानेको छु । किनभने उहाँहरुले नसोचेको १० वर्ष हुँदैन भन्ने कुरा भईदिएको कारणले उहाँहरुको विष्लेषण फेल भयो । त्यसकारण आफ्नो कथित बौद्धिकता समाप्त भएकोलेउहाँहरुमा यस्तो भावना आएको होला । जनतालाई पनि यो आश्चर्य लाग्नु स्वभाविक नै हो ।

सकारात्मक सोचलाई निरन्तरता दिनु अहिलेको चुनौति

जनता र संचारजगतको सकारात्मक सोच र समर्थन रहेको छ । यसलाई निरन्तरता दिनु चुनौति छ ।

आफ्नै लागि चूनौति खडा गरेको हुँ

अहिले वास्तवमा चुनौति खडा गरेको हो । आफ्नै लागि चुनौति खडा गर्नु सामान्य कुरा होईन । यो चुनौतिलाई सामाना गर्नुपर्छ भनेर सम्पूर्ण शक्ति संगठन लागेको कुरा हो । भोलि यसले ठूलो समस्या ल्याउने होईन ।मानौं अहिले काठमाडौमा लोडसेडिङ छैन, भोलि २÷४ घण्टा लोडसेडिङ भयो भने विपति आउँछ त ? तर हिजो १८ घण्टासम्म लोडसेडिङ भोगेका जनतालाई त्यो आउँदैन । तर मैले यसो भन्दै छैन कि काठमाडौमा फेरी लोडसेडिङ हुँदैन मैले भन्ने छैन ।

लोडसेडिङ काठमाडौमा नफर्किने गरी निरन्तरता दिनेमा मेरो प्रतिबद्धता

विष्लेषकहरुले ठूलो संकट आउँछ भनेका छन् तर ठूलो संकट आउँदैन । यसमा सुधार गर्दै जाँदा, सोलार लगायत अन्य वैकल्पिक बिद्युत् जोड्न लागिरहँदा उपभोक्ताको साथ र समर्थन (आवश्यकता भन्दा बढि बिद्युत् नबालिदिने, पिक आवरमा बढि बिद्युत् खपत हुने सामान नचलाईदिने) र व्यवसायीले पनि त्यो कुरालाई ध्यान दिने, सरकारी कार्यालयमा बढि लापरबाही हुने भन्ने कुरा छ त्यहाँ पनि म पत्राचार गर्दैछु । उनीहरुले व्यवस्थित सदुपयोग गरिदिने हो भने लोडसेडिङ काठमाडौमा नफर्किने गरी निरन्तरता दिनेमा मेरो प्रतिबद्धता छ ।
दुईवटा आधार वैकल्पिक स्रोत जोड्दै जाने जस्तो सोलार, उखु उद्योगबाट निस्कने बिजुली, फोहरबाट निस्कने बिजुलीलाई जोड्ने । कसले कुन स्रोतबाट कति बिद्युत् दिन सक्छ भनेर अध्ययन भईरहेको छ । स्रोतको व्यवस्थापन र आपूर्तिका कुरा छन् । प्रशारण लाईनको समस्याका कारण ५०÷६० मेगावट थप्नसक्ने र कम खर्च हुने प्रबिधिको प्रयोग गर्यौं भने काठमाडौमा लोडसेडिङको तालिका सम्भवत नआउने गरि नै सोचिएको छ । यदि कुनै संकट परेछ, यो योजना फेल भएछ भने म भन्न सक्दिन । मैले र मेरो टिमले गृहकार्य गरिरहँदा काठमाडौमा लोडसेडिङको तालिका नआउने र देशभरी भईरहेको लोडसेडिङ कम गर्नेमा हाम्रो ध्यान केन्द्रित छ ।

(कुराकानीमा आधारित)

प्रकाशित मितिः २०७३ मंसिर ११

वि.सं.२०७३ मंसिर ११ शनिवार १४:३८ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...