back
NMB ad

जानीराख्नोस्,हकप्रद सेयर, बोनस सेयर र नगद लाभांश के हो ?

Kumari bank ad

हरिशरण न्यौपाने । तपाई हकप्रद सेयर, बोनस सेयर र नगद लाभांशबारे थाहा नभएर अन्यौलमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने यो लेख लपाईका लागि उपयुक्त हुनसक्छ ।

हकप्रद सेयर(Right Share)

सर्वसाधारणलाई साधारण सेयर निष्कासन गरिसकेको कम्पनीले भविष्यमा पुनः साधारण सेयर निष्कासन गर्ने भएमा त्यसरी निस्कासन गरिने सेयरहरु खरिद गर्ने पहिलो हक विद्यामान अवस्थामा रहेका सेयरधनीलाई प्राप्त हुन्छ । यसप्रकार कम्पनीले पुनः निष्कासन गर्ने सेयरमा बिद्यमान सेयरधनीले पहिलो अधिकार राख्ने हक हुन्छ । त्यसरी जारी गरिएको सेयरलाई हकप्रद सेयर भनिन्छ ।  हकप्रद सेयर खरिद गर्नैपर्छ भन्नेचाँहि हुँदैन । यो सेयर खरिद गर्ने कि नगर्ने भन्ने विषयमा सेयरधनीले आफ्नो स्वःविवेक प्रयोग गर्न पाउँछन् वा यस विषयमा उनीहरु स्वतन्त्र हुन्छन् । कम्पनीमा बिद्यमान आवस्थामा रहेका सेयरधनीले आफुले पहिले खरिद गरेको सेयरको हिस्सा र सोही अनुपातमा हकप्रद सेयर खरिद गर्न सक्ने अधिकार राख्दछन् ।

लाभांश र बोनस सेयर(Dividend and Bonus Share)

यता कम्पनीले आर्जन गरेको अर्थात् कमाएको नाफाबाट आफ्ना सेयरधनीलाई बाँडिने नाफाको अँशलाई लाभांश (लाभको अंश) भनिन्छ । लाभांश नगद वा सेयर दुई किसिमबाट वितरण गरिन्छ । यदि लाभांश नगदमा बाँडिन्छ भने त्यसलाई नगद लाभांश भनिन्छ । यदि लाभांशलाई सेयरमा बाँडिन्छ वा वितरण गरिन्छ भने त्यसलाई स्टक डिभिडेन्ड वा बोनस सेयर भनिन्छ । कम्पनीको बचत वा जगेडाकोषलाई पुँजीकरण गर्नका लागि बिद्यमान अवधिमा कायम भएका सेयरधनीलाई यसप्रकारको थप शेयर(बोनस सेयर) बाँडिन्छ र कम्पनीको चुक्ता पुँजी वृद्धि गरिन्छ । थाहापाईराख्नुहोस्, लाभांशको परिमाण संचालक समितिको बैठकले निर्णय गर्ने गर्दछ ।

प्रकाशित मितिः २०७३ मंसिर १८

वि.सं.२०७३ मंसिर १८ शनिवार १५:५७ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...