Logo

दुई करोड लगानीमा बन्दैछ प्रेम गीत– २

काठमाण्डौं । दुई करोडको लगानी रहेको फिल्म प्रेमगीत–२ को छायांकन हिजो सोमबारबाट सुरु भएको छ। पशुपती मन्दिरबाट छायंकन सुरु गरिएको फिल्मको काठमाडौं, मुगुको रारा ताल, कपिलवस्तुको लुम्बिनी, थाइल्यान्डको पताया र बैंकक हुँदै नेपाली भाषी बाहुल म्यानमारको रंगुनमा सुट हुने निर्देशन रामशरण पाठकले जानकारी दिएका छन्।

फिल्मलाई सन्तोष सेनले निर्माण गर्न लागेका हुन् । फिल्ममा प्रदीप खड्का, अश्लेष ठकुरी, भुवन चन्द, श्रद्धा प्रसाइँ, कैलाश कट्वाल, राजाराम पौडेल, प्रशान्त घिमिरे, संगीता नापित, कविता रेग्मी, कुमार कार्की, मुक्तबाबु आचार्य र सौरभ क्षेत्रीको अभिनय रहनेछ। फिल्ममा रिनशा राईको नृत्य, अष्ट महर्जनको द्धन्द्ध, पुरुषोत्तम प्रधानको छायांकन रहनेछ।

२८ मंसिर २०७३, ११।००

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com