back
NMB ad

क्रिशमश र आंग्रेजी नयाँ वर्ष विशेष : सौराहामा हात्ती महोत्सव हुँदै

Kumari bank ad

चितवन । यहाँको सौराहामा पर्यटन प्रवद्र्धनको लक्ष्यसहित यही पुसमा ‘चितवन हात्ती महोत्सव’ हुने भएको छ । नेपालमा पहिलोपटक जनावरका गतिविधि समेटेर गरिने महोत्सवमा यसपटक थप आकर्षणसहित जनावरमैत्री बनाइने कार्यक्रम संयोजक दीपक भट्टराईले जानकारी दिए ।

यही पुस ११ देखि १५ गतेसम्म हुने सो महोत्सवमा हात्तीपोलोसहित हात्तीका विभिन्न गतिविधि आयोजना हुने उनले बताए । हात्ती फास्टवाक कार्यक्रमलाई परिमार्जन गरेर जसले चाँडै हिँडेर खाना खान्छ सोही हात्तीलाई विजेता बनाइने भएको छ ।

महोत्सवमा यसपालि हात्ती वनभोज, हात्तीका छावाबीच फुटबल प्रतियोगिता, गाडा दौड, डुँगा दौड तथा विभिन्न साङ्गीतिक कार्यक्रम रहेको क्षेत्रीय होटल सङ्घका महासचिव राममणि खनालले जानकारी दिए । यस्तै हात्ती सुन्दरी प्रतियोगिता र हात्ती शृङ्गारका कार्यक्रमसमेत हात्ती महोत्सवका थप आकर्षण रहेका छन् ।

नयाँ वर्ष र क्रिसमसको अवसरमा पर्यटक आफ्नो देश फर्कने गरेकाले उनीहरुलाई चितवनमै राख्न हात्ती महोत्सव आयोजना गरिएको हो । हात्ती महोत्सवको तयारी तीव्र भइरहेको आयोजक क्षेत्रीय होटल सङ्घका अध्यक्ष सुमन घिमिरेले बताए ।

विसं २०६७ देखि स्थगित भएको हात्तीपोलो प्रतियोगितासमेत यसपालि आयोजना हुने हात्ती महोत्सवअन्तर्गत हात्तीपोलो उपसमितिका संयोजक शङ्कर सैँजुले जानकारी दिए ।

अहिले पोलो र फुटबलका लागि हात्तीलाई प्रशिक्षण दिने क्रम जारी छ । १२ वर्षअघि सौराहाको पर्यटन विकासका लागि पर्यटन व्यवसायीहरु हरिभक्त घिमिरे, गिरीधारी चौधरीलगायतको पहलमा अन्तर्राष्ट्रिय हात्ती दौड प्रतियोगिताका रुपमा आयोजना गरिएको कार्यक्रमले अहिले हात्ती महोत्सवको रुप लिएको होे ।

१ पुस २०७३, १।००

वि.सं.२०७३ पुस १ शुक्रवार १९:१२ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...