Logo

नमस्तेको सेयर छ ? आजैबाट खुलेको शतप्रतिशत हकप्रद सेयर छुट्ला है

काठमाण्डौं । आज पुस ८ गतेदेखि नमस्ते वित्तीय संस्था लिमिटेडले एक कित्ता सेयर बराबर एक कित्ताको अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरको तीन लाख ७५ हजार कित्ता सेयरको बिक्री खुला गरेको हो ।

कम्पनीको हकप्रद सेयरका लागि मंसिर २३ गतेसम्म कायम सेयरधनीले माघ १३ गतेसम्म आवेदन गर्न पाउने कम्पनीले जनाएको छ । हकप्रद सेयर प्रयोजनका लागि कम्पनीले मंसिर २४ गते सेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो ।

कम्पनीको सेयर निस्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । हकप्रद सेयरका लागि एनएमबी बैंक लिमिटेड र यसका शाखा कार्यालय तथा नमस्ते वित्तीय संस्था घोराईबाट आवेदन दिन पाइने छ ।

८ पुस २०७३, १०।३०

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com