back
NMB ad

सुर्खेतमा सिमेन्ट उद्योगको पूर्वाधार तयार, खानीसम्म जाने मार्ग अन्तिम चरणमा

Kumari bank ad

सुर्खेत । मुलुककै सबै भन्दा ठूलो मानिएको पश्चिम सुर्खेतको गुटु स्थित चौकुने सिमेन्ट उद्योगको पूर्वाधारको काम माघदेखि शुरु हुने भएको छ । औद्योगिक विकासका लागि आधार मानिएको उद्योगका लागि खानीसम्म पुग्ने पहुँच मार्गको निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
1

उद्योग सञ्चालनका लागि लाइसेन्स लिएको निर्माण कम्पनी मुक्ति श्री प्रालिले लाईसेन्स लिएको सात वर्षपछि सडक निर्माण कार्य शुरु गरेको छ । उद्योगले पहिलो चरणमा गुटु–४, को भाप्र खोलादेखि कुँवासम्मको करिब पाँच किलोमिटर खानी स्थलसम्मको पुहँच सडक निर्माण कार्य अन्तिम चरणमा पु¥याएको छ ।

2

प्रोजेक्ट को–अर्डिनेटर लोकबहादुर अधिकारीका अनुसार माघको पहिलो सातादेखि खानी उत्खननको लागि पूर्वाधार तयारीको काम शुरु गरिने छ । उद्योग सञ्चालनमा आएपछि सुर्खेतको मात्र नभई समग्र मध्यपश्चिम क्षेत्रकै आर्थिक विकासमा टेवा पुग्ने छ ।

करिब ४ अर्ब रुपैयाँको लागत लाग्ने अनुमान गरिएको सिमेन्ट उद्योग सञ्चालन भएमा दैनिक २ हजार मेट्रिकटन सिमेन्ट उत्पादन हुने र पाँच हजार जनाले रोजगार पाउनेछन् । सिमेन्ट उद्योगको क्षेत्रफल ४ वर्ग किलोमिटर भएपनि हाललाई करिब ४ सय रोपनी जग्गा स्थानीय चलन चल्ती वा मालपोत कार्यालयले तोकेको दरमा खरिद गर्ने कम्पनीको योजना रहेको छ ।

३६ वर्ष अघि सम्भाव्यता अध्ययन शुरु भएपनि यसै वर्षदेखि उद्योगले सडक निर्माण कार्य तीव्रगतिमा शुरु गरेपछि स्थानीय बासिन्दा उत्साहित भएका छन् । ठेकेदार कम्पनीले उद्योग निर्माणका लागि सडक निर्माणको काम शुरु गरेपछि गाउँका केही युवाले रोजगारी पाएका छन् ।
3

‘उद्योग सञ्चालन भए विकासले गाउँको मुहार फेरिन्छु गुटु–८, का प्रकाश बयकले भने, ‘अहिले पूर्वाधारको काम शुरु भएसँगै म जस्ता बेरोजगार युवालाई रोजगारी मिल्नेमा विश्वस्त छौं ।’ गाउँका केही युवा वैदेशिक रोजगारीलाई त्यागेर उद्योगमा काम गर्न थालेका छन् । गाउँमै निर्माण हुन लागेको उद्योगमा काम गरी घरखर्च जुटाउन पाउँदा आफूलाई सन्तुष्टी मिलेको दिपक बयकको भनाइ छ । उद्योगका लागि आवश्यक पर्ने जनशक्ति स्थानीयस्तरमै उपलब्ध भएकाले रोजगारीसँगै लगानीको समेत अवसर खुलेको स्थानीय बासिन्दा बताउँछन् ।

१४ पुस २०७३, ३।००

वि.सं.२०७३ पुस १४ बिहीवार १५:३२ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...