back
NMB ad

वृहत् शैक्षिक मेला हुँदै, स्वदेशी र विदेशी शिक्षा प्रणालीका बारेमा परामर्श दिइने

Kumari bank ad

पोखरा । नेपाली विद्यार्थीलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली र भविश्यमा अध्ययन गर्ने विषयमा जानकारी दिने उद्देश्यले पुस महिनाको अन्तिम साता पोखरामा ‘बृहत् शैक्षिक मेला’ हुने भएको छ ।

नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) कास्कीद्वारा हिजो आइतबार आयोजित पत्रकार सम्मेलनमा विद्यार्थीलाई कलेज तथा विश्वविद्यालयका साथै त्यहाँ प्राप्त हुनसक्ने छात्रवृत्ति, सहुलियत, सुविधा एव्म गुणस्तरीय शिक्षा आर्जनका लागि निःशुल्क परामर्श सेवा प्रदान गरिने संयोजक रमेशकुमार थापाले बताउनुभयो ।

उहाँका अनुसार पोखरामा सञ्चालित यो चौथो मेलामा स्वदेशी शैक्षिक संस्थाका साथै अमेरिका, बेलायत, न्यूजिल्यान्ड लगायतका देशका क्याम्पस तथा विश्वविद्यालयका आधिकारी प्रतिनिधिको सहभागिता रहने छ ।

मेलामा विभिन्न शैक्षिक परामर्शदात्री संस्थाका ५० वटाभन्दा बढी कक्ष सञ्चालन हुने र उक्त कक्षबाट विभिन्न कलेज तथा विश्वविद्यालयको भर्ना प्रक्रिया, विदेश अध्ययनका लागि भिसा नीति एवम् अवसर र चुनौतीसम्बन्धी सल्लाह प्रदान गरिने थापाले बताउनुभयो ।

पोखरा सभागृहमा यही पुस २७ देखि सञ्चालन हुने तीनदिने मेलाबाट लगभग ३० हजार विद्यार्थी लाभान्वित हुने र मेला सञ्चालनमा करिब रु १५ लाख खर्च हुने आयोजकले जनाएको छ ।

१८ पुस २०७३, १।००

वि.सं.२०७३ पुस १८ सोमवार १५:२७ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...