back
NMB ad

२०१७ मा घुम्नैपर्ने विश्वको पाँचौं उत्कृष्ट गन्तव्यमा नेपाल, हेर्नुहोस् नेपालको पुग्नैपर्ने १० गन्तव्य

Kumari bank ad

काठमाण्डौं ।  विश्वको प्रख्यात पर्यटन गाइड लोन्ली प्लानेटले सन् २०१७ मा घुम्नुपर्ने उत्कृष्ट पाँच गन्तव्यमा नेपाललाई समावेश गर्दै नेपालमा घुम्नुपर्ने १० वटा गन्तव्य सर्वाजनिक गरेको छ । यो लिष्टमा पहिलोपटक म्याग्दीको पर्यटकीयस्थल पुनहिल समावेश गरेको छ ।

सन् २०१७ मा घुम्नु पर्ने विश्वका पाँचौं उत्कृष्ट गन्तव्यमा नेपाल परेपछि नेपालभित्रका १० वटा गन्तव्यमा घार गाविसअन्तर्गत पर्ने घोरेपानी तथा पुनहिलमा एकपटक पुग्नैपर्ने भनी व्याख्या गरिएको छ।

हरेक वर्ष अङ्ग्रेजी वर्षको सुरुवातमै सार्वजनिक हुने सूचीमा नेपालभित्र १० वटा पर्यटकीयस्थलमा मुगु जिल्लास्थित नेपालकै सबैभन्दा ठूलो रारा ताल, म्याग्दीको पुनहिल, मुस्ताङको जोमसोम र मुक्तिनाथ मन्दिर, बझाङ, बाजुरा, अछाम र डोटी जिल्लामा पर्ने खप्तड राष्ट्रिय निकुञ्ज, सुनसरी, सप्तरी र उदयपुर जिल्लाको कोसीटप्पु वन्यजन्तु आरक्ष, इलाम जिल्ला, बर्दिया राष्ट्रिय निकुञ्ज, रसुवाको लाङटाङ, नवलपरासी र गतवर्षको विनाशकारी भूकम्पको केन्द्रबिन्दु बारपाक समावेश गरिएको छ।

दक्षिण एसियाबाट नेपाल मात्रै समावेश भएको विश्वको उत्कृष्ट गन्तव्यअन्तर्गत नेपालका चर्चित र प्रमुख पर्यटकीयस्थलका बारेमा गरिएको व्याख्यामा धौलागिरि अञ्चल, मुस्ताङ जिल्ला र म्याग्दीको घोरेपानीलाई उल्लेख गरिएको छ। लोन्ली प्लानेटले उपल्लो मुस्ताङलाई चार वर्ष अगाडि विश्वकै चर्चित पर्यटकीय स्थलको रुपमा समेत समावेश गरेको थियो।

बेलायतबाट प्रकाशित हुने डेली मेल र अमेरिकाको रोयटर्सले समेत आफ्नो अनलाइनमा समावेश गरेको समाचारले म्याग्दीका पर्यटन व्यवसायी समेत उत्साहित भएका छन्।

नेपालभित्रका उत्कृष्ट गन्तव्यमा किन राखिएको भन्ने विषयमा समेत लोन्ली प्लानेटले व्याख्या गरेको छ। म्याग्दी जिल्लाको घोरेपानी पहिलोपटक लोन्ली प्लानेटको सूचीमा परेको हो। जिल्लामा भित्रिने करिब ७० प्रतिशत पर्यटकको हिस्सा ओगटेको घोरेपानी हुँदै शिखको पाउद्वारस्थित खोप्रालगायतका क्षेत्रमा जान सकिन्छ।

कास्कीको पोखरा–नयाँपुल, घान्द्रुक हुँदै घोरेपानी र यता म्याग्दी सदरमुकाम बेनी–तातोपानी, घारा, शिख हुँदै घोरेपानी र नागी–महरेडाँडा हुँदै पुनहिलमा जान सकिन्छ।

समुद्री सतहदेखि तीन हजार २१० मिटरको उचाइमा अवस्थित पुनहिलमा मनोरम हिमशृङ्खला, मगर जातिको संस्कृति र रहनसहन, विविध प्रजातीका पशुपक्षी, वनस्पतीको साथै सूर्योदयको अवलोकन, स्थानीय कला तथा मगर नृत्यलगायत प्रस्तुत गरी पर्यटकलाई आकर्षित गर्ने गरिएको छ।

विश्वका उत्कृष्ट १० गन्तब्य भित्र पर्ने अन्नपूर्णमा २१ दिने अन्नपूर्ण परिक्रमा पदयात्रामार्गअन्तर्गत घोडेपानी १७ देखि १९ दिनको सुन्दर गन्तव्यको सूचीमा रहेपनि सडक विस्तारले १० दिनभित्र नै पुग्न सकिन्छ।

१९ पुस २०७३, ध्रुवसागर शर्मा/रासस, ११।००

वि.सं.२०७३ पुस १९ मंगलवार १२:१२ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...