back
NMB ad

मोबाईलमा रातो नम्बरबाट कल आउँदा उठाए मरिने कुरा हल्ला मात्रै (भिडियो सहित)

Kumari bank ad

काठमाडौ । मोबाईलको स्क्रिनमा विशेष ध्वनी सहित रातो नम्बरबाट फोन आउने र आएको नम्बर उठाए दुर्घटना हुने हल्ला मात्रै भएको पुष्टि भएको छ। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले नम्बर र नम्बरको रंग परिवर्तन गर्न मिल्ने एप्सको प्रयोग गरि फोन गर्ने र दुर्घटना भएको अफवाह फैलाउने दुईजनालाई पक्रेपछि घटना मिथ्या भएको पुष्टि भएको हो।

ब्युरोले एप्सको प्रयोगबाट रातो नम्बरमा कल गर्ने दीपक बराईली र सो खबर सामाजिक सञ्जालमा बढाई चढाई पोष्टगर्ने प्रश्ना पाण्डेलाई नियन्त्रणमा लिएको हो। गायिका प्रश्नाले आफुले गल्ती गरेको बताउदै माफी मागेकी छन्। ब्युरोका प्राविधीक अधिकारीले बुधबार संचारकर्मी माझ रातो नम्बर आउने एप्सबाट फोन गरि देखाएका थिए। ब्युरोका प्रमुख डिआईजी नवराज सिलवालले केही दिन देखी सामाजिक सञ्जालमा फैलिएको हल्ला र अफवाहको सत्यता बाहिर आएको बताए। उनले समाजमा आतंक फैलाउने गरि अफवाह गर्नु गम्भिर अपराध भएको बताउँदै प्रविधि जन्य अपराधमा संलग्न पाण्डे र बराईलीलाई आवश्यक कारवाही गरिने बताए।

भिडियो हेर्न रातो अक्षरको लिंक खोल्नुहोस् । रातो नम्बरको कलको यथार्थ

नागरिकन्यूज अनलाईनबाट साभार

प्रकाशित मितिः २०७३ पुस २०

वि.सं.२०७३ पुस २० बुधवार २०:०८ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...