back
NMB ad

आलु र आलु बीउमा आत्मनिर्भर बन्न सरकारको कदम, निजी क्षेत्रलाई अनुदान दिने

Kumari bank ad

काठमाण्डौं । सरकारले माघ मसान्तभित्र पूर्व मूलबीउ आलु उत्पादनका लागि टिस्युकल्चर प्रयोगशाला स्थापना र स्क्रिन हाउस सुदृढीकरण गर्न निजी क्षेत्रलाई अनुदान उपलब्ध गराउने भएको छ । आलु र आलु बीउमा नेपाललाई आत्मनिर्भर बनाउन सरकारी निकाय आलुबाली विकास कार्यक्रम, खुमलटारले कार्यविधि, २०७३ स्वीकृत गरी निजी क्षेत्रलाई अनुदान दिन लागेको हो ।

राष्ट्रिय आलु विकास कार्यक्रमका प्रमुख डा हरिबहादुर केसीका अनुसार सामान्य प्रक्रिया समाप्त भइसकेकाले सम्भवतः माघ मसान्तभित्र निजी क्षेत्रका उद्योगी वा कुनै फर्मले सो जिम्मेवारी पाउनेछ । कात्तिक ११ गतेको सचिवस्तरीय निर्णयले कम्पनी रजिष्टारको कार्यालय वा घरेलु तथा साना उद्योग विभागअन्तर्गत दर्ता भएका उद्योगसमेतले सो अनुदान प्राप्त गर्न सक्ने कार्यविधिमा उल्लेख छ ।

कृषि सचिव डा सुरोज पोखरेलले पूर्व मूल बीउ आलु उत्पादन गर्न निजी क्षेत्रलाई सक्षम बनाउने र गुणस्तरीय बीउ आलुको प्रयोग विस्तार गरी उत्पादकत्व वृद्धि गर्न अनुदान दिने व्यवस्था गरेको बताए । कार्यविधिले लागत अनुमानको ५० प्रतिशत वा रु एक करोडमा कन्टिन्जेन्सीबापत रकम कटाइ बाँकी हुन आएको रकम अनुदान दिने व्यवस्था गरेको छ ।

अनुदान प्राप्त गर्ने फर्म वा कम्पनीले लगातार पाँच वर्षसम्म मूल बीउ उत्पादन गर्नुपर्नेछ भने उत्पादित मूल बीउको मूल्य निर्देशक समितिले निर्धारण गर्नेछ । पूर्व मूल बीउ आलु टिस्युकल्चर प्रविधिबाट तयार गरिएको बिरुवाबाट स्क्रिन हाउसमा उत्पादन गरिएको रोगमुक्त आलुदाना हो । यस्तै टिस्युकल्चर प्रयोगशाला टिस्युकल्चर प्रविधिको उपयोग गर्ने प्रयोगशाला तथा स्क्रिन हाउस टिस्युकल्चर प्रविधिबाट तयार गरिएको बिरुवा लगाई पूर्व मूल बीउ आलु उत्पादन गर्ने लाही किरा मुक्त जालीघर हो ।

नेपालमा करिब दुई लाख हेक्टर (४० लाख) रोपनी क्षेत्रफलमा आलु खेती गरिन्छ । यसका लागि करिब चार लाख टन बीउ आवश्यक पर्छ । बर्सेनि एउटै बीउ प्रयोग गर्दा गुणस्तरमा ह्रास आएकाले टिस्युकल्चर प्रविधिबाट कृषकले बीउ वृद्धि गरी निरोगी बीउ आलु उत्पादन गर्दैआएका छन् ।

पूर्व मूल बीउ आलुबाट कम्तीमा तीन पुस्तासम्म बीउ वृद्धि गर्ने कार्य सरकारी फार्म र बीउ उत्पादक कृषक समूहमार्फत उत्पादन गराई कृषकलाई वितरण गर्न सके आलु बालीको उत्पादकत्वमा उल्लेखनीय वृद्धि गर्न सकिन्छ । आलुमा मुलुक आत्मनिर्भर छैन । वार्षिक दुई लाख ४० हजार मेट्रिक टन आलु आयात गर्नुपर्छ । करिब २८ लाख मेट्रिक टन आलु यहाँ उत्पादन भए पनि आवश्यकतालाई धान्न अहिलेको उत्पादनमा १० प्रतिशतले वृद्धि गर्नुपर्ने डा केसीको भनाइ छ ।

कृषि विकास मन्त्रालयका तथ्याङ्कशास्त्री रामकृष्ण रेग्मी आलुलाई खाद्यान्न बालीका रुपमा प्रयोग गर्ने हो भने वार्षिक ३२ लाख मेट्रिक टन अन्न निर्यात गर्न सकिने बताउँछन् ।

२१ पुस २०७३, राजाराम कार्की/रासस, ३।४५

वि.सं.२०७३ पुस २१ बिहीवार १६:४६ मा प्रकाशित

You can share this post!

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...