back
NMB ad

धरहराको छेउमै खुल्यो फेसन सस्तो बजार,१६ सयमै राष्ट्रिय पोशाक दौरा सुरुवाल

Kumari bank ad

काठमाडौं । ग्राहकहरुलाई एउटै छानामूनी सस्तो मूल्यमा ब्राण्डेड तथा गुणस्तरीय सामानहरु उपलब्ध गराउने उद्देश्यले नेपालमै पहिलोपटक फेसन सस्तो बजार सञ्चालनमा आएको छ । अबदेखि आम उपभोक्ताहरुले सुन्धारास्थित धरहराको पछाडि ताहा गल्लीमा रहेको बजारमा सस्तो मूल्यमा गुणस्तरीय फेसन सामानहरु किन्न पाउनेछन् । अन्य ठाउँको तुलनामा यो बजारमा ३० देखि ४० प्रतिशतसम्म सस्तो मूल्यमा विभिन्न सामानहरु उपलब्ध हुने बजारका सञ्चालक सुरेश लामिछानेले जानकारी दिए ।

‘उत्पादकले शोरुमका रुपमा यहाँ सामानहरु बिक्री वितरण गर्ने भएकाले उपभोक्तालाई सस्तो पर्ने छ,’ सञ्चालक लामिछानेले भने   । यो बजारमा ३६ वटा व्यवस्थित पसल रहेका छन्, जहाँ एक पसलमा एकै प्रकारका आइटम मात्रै राखिएको छ । बजारको ग्राहकलाई पार्किङको समस्या नरहेको पनि पत्रकार सम्मेलनमार्फत जानकारी दिईयो । बजार बिहान १२ बजेदेखि साँझ ९ बजेसम्म सञ्चालन हुनेछ ।

‘धेरै बेच्ने, सस्तोमा बेच्ने, ब्राण्डेड र गुणस्तरीय सामानमात्रै बेच्ने’ आफूहरुको उद्देश्य रहेको लामिछानेले बताए । गुणस्तरीय नेपाली उत्पादनको प्रवद्र्धन गर्न बजारले सोहि किसिमका कार्यक्रम ल्याएको उनले बताए । ५ करोडको लागतमा संचालनमा आएको उक्त बजारमा स्वदेशी तथा विदेशी ब्राण्डेड चस्मा, मोबाईल, हेल्मेट जुत्ता, लेहेंगा, साडी, फेन्सी, अन्डर गार्मेन्टका पसल रहनेछन् भने एउटा स्तरीय शैलुन रहेको छ ।

नेपाली फेसनलाई समेत प्रवद्र्धन गर्ने उद्देश्ले यो बजारमा राष्ट्रिय पोसाक दौरा सुरुवाललाई १६ सय रुपैयाँमै तयार गरेर उपलब्ध गराइने छ । त्यसैगरी, जाडो समयका लागि १००० रुपैयाँदेखि नै गुणस्तरीय ज्याकेटहहरु उपलब्ध गराइएको छ । त्यस्तै, हेयर स्टाइलिङ, फेसियलजस्ता सुविधाहरु पनि ५० प्रतिशतभन्दा सस्तो मूल्यमा उपलब्ध गराइन्छ । ४/५ हजार रुपैयाँमै गुणस्तरीय साडी यो बजारमा उपलब्ध छन् ।

१४ देशमा शाखा भएको लोकप्रिय अन्तर्राष्ट्रिय ब्राण्ड ब्रिलियर शैलुन पनि छ । बजार सञ्चालन भएको अवसरमा यो शैलुनमा आउने प्रत्येक ग्राहकले फेसवास लगायतका सामाग्री उपहारस्वरुप प्रधान गरिने छ । त्यसैगरी, सस्तो बजारमा आउने नश्चित समय अबधिका उपभोक्ताले २५ सय रुपैयाँ व्यालेञ्च भएको सिमकार्ड उपहारस्वरुप प्राप्त गर्न सक्नेछन् ।

‘पैसा र गुणस्तरका हिसाबमा यो बजारमा आउने ग्राहकहरु सन्तुष्ट हुनुहुनेछ भन्ने हाम्रो विश्वास छ,’ बजारका अर्का सञ्चालक भेषराज पौडेलले भने । पौडेलका अनुसार देशभर यस्तै २५ वटा सस्तो बजार खोल्ने तयारी भइरहेको छ ।

प्रकाशित मितिः २०७३ पुस २१

वि.सं.२०७३ पुस २१ बिहीवार १८:२९ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...