back
NMB ad

डेनमार्क र नर्वेद्वारा आफ्ना नागरिकलाई नेपालमा भ्रमण गर्न सिफारिस

Kumari bank ad

काठमाण्डौं । स्केन्डीनेभियन देशहरू डेनमार्क र नर्वेमा लोकप्रिय पर्यटक म्यागजिनहरुले आफ्ना नागरिकलाई सन् २०१७ मा भ्रमण गर्नुपर्ने एशियाका पहिलो देशमा नेपाललाई सिफारिस गरेका छन्।

डेनमार्कको झन्डै ५ दशक पुरानो टुरिष्ट बुक प्रकाशकहरुको संगठन लोन्ली प्लानेटले आफ्ना नागरिकलाई सिफारिस गरेको विश्वका टप टेन देशहरुमा नेपाल पाँचौं नम्बरमा रहेको छ। पर्यटक प्रिय एशियाली देश नेपालसँगै अरू घुम्नुपर्ने देशको सूचीमा क्यानाडा, कोलम्बिया, फिनल्याण्ड र डोमिनिका छन् ।

यसैगरी नर्वेमा महिलाहरु बीच बिशेष लोकप्रिय केके साप्ताहिक म्यागेजिनले सन् २०१७को विश्वका लोकप्रिय र मुल्यवान पर्यटक गन्तव्यमा क्यानाडा, दक्षिण अफ्रिका र पेरु पछि नेपाल भ्रमण गर्न  सिफारिस गरेको छ।

झन्डै डेढ सय वर्ष अघिदेखि प्रकाशन गर्दै आएको विलासी प्रिय केके  म्यागेजिनमा नर्वेकी प्रसिद्ध पर्यटक ब्लगर एलिसा रोतेरुदले खासगरी सुन्दर काठमान्डुको योगा स्कुल र सपिङ अनि एभरेष्ट बेस क्याम्प र मनोरम खुम्बु उपत्यकाको भ्रमणले जो कोहीलाई पनि लोभ्याउने दाबी गरेकी छिन । धेरै पटक नेपाल भ्रमण गरिसकेकी उनले भूकम्प पछि नेपालमा पर्यटकीय गतिबिधि सुचारू भैसकेको समेत जनाएकी छिन्।

प्राकृतिक र भौतिक सम्पदा, सुरक्षा, अतिथि सत्कार र मानवीय ऐक्यबद्धता लगायतको विश्लेषणको आधारमा नेपाल भ्रमणको आव्हान गर्दै सिफारिसकर्ताले लेखेका छन्, ‘एक पर्यटकका लागि भूकम्प पछिको नेपालमा कति सम्पदा र पर्यटकीय स्थल बाँकि रहे भन्ने महत्वपूर्ण विषय हो, यो बेला नेपाल भ्रमण गरेर पुनर्निर्माणमा जुटी रहेको नेपालका स्थानीय बासिन्दा, स्थानीय संस्कृति र राष्ट्र पुननिर्माणमा भरपुर सहायता मिल्ने छ।’

ती दुवै प्रकाशनहरुले वर्षेनी आफ्ना नागरिकहरुलाई पर्यटक गन्तब्य सिफारिस गर्दै आएका छन्। हाल डेनमार्क र नर्वेबाट वर्षेनी सरदर १० र ३ हजार पर्यटकले नेपाल भ्रमण गर्दै आएको तथ्यांक छ।

२६ पुस २०७३, ११।००

वि.सं.२०७३ पुस २६ मंगलवार ११:१२ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...