back
NMB ad

सरकार र शाल्ट ट्रेडिङलाई प्रश्न,नेपालमा ढिके नुन प्रयोगको अन्त्य कहिले हुन्छ ?

Kumari bank ad

डोटी। डोटीका अधिकांश ठाउँमा अझै ढिके नुनको प्रयोग बढी रहेको छ । जिल्लाका ग्रामीण भेकमा बसोबास गर्ने जनताले ढिके नुनलाई बढी मात्रामा प्रयोग गर्ने गरेका हुन् । ढिके नुनको सट्टा आयोडिन नुन प्रयोग गर्नाले मानव स्वास्थ्यमा गुणात्मक रुपमा बढी फाइदा मिल्ने भएता पनि यहाँका जनता ढिके नुन नै प्रयोग गर्दछन् । आफूले बारीमा फलाएको भटमास साटेर ढिके नुन लैजाने कृषकको अहिले ताँती लागेको छ ।

भटमास एक केजीको तीन केजीसम्म ढिके नुन साट्न पाइन्छ, मूल्य कम छ, गाईवस्तुलाई खुवाउनका निम्ति सजिलो छ, चवरा चौताराका कृषक चक्र बमले भने । पहिलेदेखि नै ढिके नुनको प्रयोग गर्ने गरेका कारण उपभोग गर्नमा पनि सजिलो लाग्ने उनले बताए ।

केदारअखडा गाविस चालिसका शेरबहादुर बम पनि करिब तीन घन्टाको पैदल यात्रा गरी पिठ्युमा भटमासको भारी बोकेर ढिके नुन साट्न चवरा पुगे । एक प्रश्नमा उनले ढिके नुन हामी जस्ता कृषकका निम्ति सस्तो र कम मूल्यमा पाइने हुँदा यसकै प्रयोग बढी गर्ने गरेको बताए । आयोडिन नुन पनि खान्छौं तर ढिके नुन जस्तो स्वाद त्यसमा नभएको उनको बुझाइ छ ।

साल्ट ट्रेडिङ डोटीका बिक्रेता प्रकाश विकका अनुसार अधिकतम मात्रामा ग्रामीण भेकमा ढिके नुन बढी मात्रामा बिक्री भइरहेको छ । मागअनुसार हामी ढिके नुन नै बढी मात्रामा पठाउने गर्दछौं । ग्रामीण क्षेत्रमा बसोबास गर्ने जनता गाई, भैँसी, गोरु, बाख्रालाई खुवाउनका निम्ति पनि बढी मात्रामा ढिके नुनको नै प्रयोग गर्ने गर्दछन्, उनले भने ।

सरकारले दुई बालबालिकाको चिह्न अङ्कित आयोडिनयुक्त नुनको प्रयोग गरौँ भनेता पनि त्यस क्षेत्रका सर्वसाधारणहरुमा अझै चेतनाको कमी रहेको पाइएको छ ।

प्रकाशित मितिः २०७३ पुस २६

वि.सं.२०७३ पुस २६ मंगलवार १४:०१ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...