back
NMB ad

रंगकर्मी,सामाजिक अभियन्ता र मजदुर नेताको रुपमा सम्झनामा रहे कलाकार फुँयाल

Kumari bank ad

काठमाडौ । नाटक अभिनयकै क्रममा मृत्यु भएका कलाकार विष्णुभक्त फुँयाललाई नेपाल ट्रेड युनियन महासंघले इमान्दार र समाजमा भएको अन्याय नसहने पात्रकोरुपमा सम्झिएको छ । जिफन्ट र नेकपा(एमाले) राजधानी बिशेष जिल्ला कमिटीले नेपाल पर्यटन बोर्डमा श्रद्धाञ्जली सभा आयोजना गरी उनलाई जनकलाकारका साथै सामाजिक अभियन्ता र सशक्त मजदुर नेताको रुपमा सम्झिएको हो ।

१५ वर्षको कलिलो उमेरमा साबेलको बेल्चा समाएर मजदुर क्षेत्रमा लागेका फुँयाल जिफन्ट बरिष्ठ युनियनकर्मी संजालका सदस्य थिए । लामो समय होटल क्षेत्रमा काम गरेका फुँयाल २०३५ सालदेखि ट्रेड युनियन आन्दोलनमा लागेका थिए । २०४२ सालदेखि उनले ट्रेड युनियन आन्दोलन र कलाकारितालाई सँगसँगै अगाडि बढाएका थिए ।

कार्यक्रममा उनलाई सम्झंदै जिफन्ट अध्यक्ष विष्णु रिमालले कामदारमाथि भएको शोषणका विरुद्ध सँधै आवाज उठाउने सशक्त व्यक्तिकोरुपमा फुँयाललाई पाएको भन्दै उनले सिकाएका राम्रा काम र विचारलाई जिफन्टले कहिल्यै नभुल्ने बताए ।

त्यस्तै फुँयालका जेठा छोरा बीमल फुँयालले स्वर्गीय पिता विष्णुभक्त फुँयालको नाममा पारिवारिक ट्रष्ट खोलिने बताए । उनले समाजमा अन्याय अत्याचार नसहने व्यक्ति अर्थात सामाजिक अभियन्ता, मजदुर नेता र रंगकर्मी तीन कोणबाट आफ्ना पिता स्वर्गीय विष्णुभक्त फुँयाललाई सम्झनुपर्ने बताएका थिए ।

कार्यक्रममा जिफन्टका महासचिव विष्णु लम्सालले स्वर्गीय फुँयालले सिकाएको पथ र जिफन्टमा कैद भएका फुँयालका रेकर्ड सामाग्रीलाई श्रव्यदृष्यका माध्यमबाट बिधार्थी र श्रमिकमाझ पुर्याई चेतना फैलाउने काम गरिने बताएका थिए ।

प्रकाशित मितिः २०७३ पुस २७

वि.सं.२०७३ पुस २७ बुधवार १४:५३ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...