काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्रको सहकार्य विना सरकारको एकल प्रयासले आर्थिक विकास सम्भव नहुने भएकोले योजना बनाउंदा निजी क्षेत्रसंग सहकार्य गरेर मात्र अगाडि बढ्ने बताएका छन् । नेपाल चेम्वर अफ कमर्सको ६६औं वार्षिक साधारण सभा एवं चेम्वर दिवस २०७३ को उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले सरकारको ध्यान दलहरुबीच राजनैतिक समझदारी बनाउने र निजी क्षेत्रको सहकार्यमा तिव्र आर्थिक विकास गर्ने तर्फ केन्द्रित रहेको बताए । उनले संविधान कार्यान्वयन गर्न हिमाल पहाड र तराई मिलाएर लैजाने आप्mनो कोशिष रहेको बताउंदै नेपाल चेम्वर अफ कमर्सले विगत ६६ वर्ष देखि नै सरकारको थिङ्क ट्याङ्कको रुपमा काम गर्दै आएकोमा खुशी व्यक्त गरे । त्यस्तै चेम्वरले सरकार र निजी क्षेत्र विच सेतुको काम गर्दै आएको तथा आर्थिक, कुटनीति मार्फत अन्तर्राष्ट्रिय समुदायमा समेत प्रभावकारी भूमिका निर्वाह गरेकोमा चेम्वरको प्रंशसा गरे । त्यस्तै निजी क्षेत्रको प्रबद्र्धनमा सरकार संधै सकारात्मक रहेको उनको भनाई थियो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै चेम्वरका अध्यक्ष राजेश काजी श्रेष्ठले सरकारको आर्थिक विकासको लक्ष्य प्राप्तीमा निजी क्षेत्र सहकार्य गर्न तयार रहेको बताए । अध्यक्ष श्रेष्ठले विशेष आर्थिक क्षेत्र ऐन, बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन (वाफिया) जस्ता आर्थिक क्षेत्र संग सम्बन्धित ऐन पारित भएकोमा खुशी व्यक्त गर्दै संसदमा विचाराधिन आर्थिक क्षेत्र संग समबन्धीत बाँकी ऐनहरुलाई यथाशिघ्र पारित गरी निजी क्षेत्रको मनोबल उच्च बनाउन प्रधानमन्त्री दाहाललाई आग्रह गरे ।
विकास बजेट खर्च नभएकोमा चिन्ता व्यक्त गर्दै उनले विप्रेषणले मुलुकको दीगो आर्थिक विकास सम्भव नभएकोतर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । यसका लागि निर्यात प्रवद्र्धन गर्ने ठोस कार्यक्रम ल्याउन अनुरोध समेत गरे ।
कार्यक्रममा नेपालउद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले चेम्वर आन्दोलनको अभियन्ता नेपाल चेम्वर अफ कमर्सको भूमिकाको प्रशंशा गर्दै चेम्वरको उत्तरोत्तर प्रगतिको कामना गरे । उनले राजनैतिक स्थायित्व हुनुपर्नेमा जोड दिदैं राजनैतिक दलहरु विच साझा आर्थिक एजेण्डा कायम गर्न अनुरोध गरे ।
नेपाल चेम्वर अफ कमर्सले चेम्वरको ६६औं वार्षिक साधारण सभा तथा चेम्वर दिवस २०७३ का अवसरमा मुलुकको आर्थिक विकासमा योगदान पुर्याउनु हुने विभिन्न महानुभावहरुलाई सम्मान गरेको थियो । चेम्वरले तेसो मुलुकतर्फ निर्यात गर्ने कार्गाे तर्फ मुक्तिनाथ दि कार्गाे, राईजिङ स्टार कार्गाे, ग्लोबल सिपिङ लजिष्टिक, कार्पेट तर्फ हिमालय कार्पेट, काजु आर्टस रग, डेजे कार्पेट प्रा.लि., पारामाउण्ट कार्पेट इण्डष्ट्रिज प्रा.लि., दि सांग्रिला कार्पेट एण्ड ह्याण्डिक्राप्mट इण्डष्ट्रिज, गार्मेण्ट तर्फ युनाईटेड कलर्स फेशनप्रा.लि., नेपाल फेशन प्रा.लि. ह्याण्डिक्राप्mट तर्फ अष्टमंगल हस्तकला उद्योग, फेल्ट तर्फ एभरेष्ट फेशन, इण्डिया तर्फ किरण शुज म्यानुफेक्चरर्स, चाईनातर्फ न्यु इशा इन्टरप्राईजेजलाई सम्मान गरियो ।
यस्तै चेम्वर एक्सिलेन्स अवार्ड २०१६ नेपाल निर्यात परिषद र बेष्ट मेनेजमेन्ट अवार्ड नेपाल विद्युतप्राधिकरणका मनेजिगं डाइरेक्टर कुलमान घिसिङलाई प्रदान गरिएको थियो ।
यसै गरी पूर्व स्वर्गीय अध्यक्षहरुको स्मृतिमा उनीहरुको परिवारका तर्फबाट चेम्वरले ईश्वरलाल टाईम अचिभमेन्ट अवार्ड उद्योगपति व्यवसायी तथा समाजसेवीश्री लक्ष्मी दास मानन्धरलाई, ईश्वरभक्त मेमोरियल अवार्ड व्यवसाय प्रवद्र्धनमा योगदान पुर्याउनु भएका चन्द्रगिरी हिल्स लिमिटेडका संचालक चन्द्र प्रसाद ढकाललाई, र बनवारी लाल मेमोरियल अवार्ड सूचना तथा प्रविधिको माध्यमद्वारा मुलुकको आर्थिक विकासमा टेवा पु¥याउनुहुने इन्फो डेभलपर्स प्रा.लि.लाई प्रदान गरिएको थियो ।
प्रकाशित मितिः २०७३ पुस २७
वि.सं.२०७३ पुस २७ बुधवार २१:४६ मा प्रकाशित