Logo

बैंकको सेयर किन्नुहोस् अनि पाउनुहोस् ३८ प्रतिशत बोनस

काठमाण्डौं । लक्ष्मी बैंकले आफ्ना सेयरधनीहरुलाई ३८ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ । बैंकको पुष २७ गते बसेको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैंकले प्रस्ताव गरेको बोनस राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्तालाई वितरण गरिनेछ । प्रोफेसनल दियालो विकास बैंकलाई एक्वायर गर्ने प्रक्रियमा रहेको बैंकले त्यसपश्चात जारी गर्ने शतप्रतिशत हकप्रद समेतलाई समायोजन गर्दा बोनस १८।२९ प्रतिशत हुने स्पष्ट पारेको छ ।

बैंकले प्रस्ताव गरेको लाभांस प्रोफेसनल दियालो विकाश बैंकका सेयरधनीले पनि पाउँछन्। हकप्रद र बोनसपछि लक्ष्मीको चुक्ता पूँजी सात अर्ब ४५ करोड पुग्ने छ।

२८ पुस २०७३, १२।००

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com