Logo

औषधिको चुनावी चहलपहल !

विर्तामोड। नेपाल औषधि व्यवसायी सङ्घ मेची अञ्चलको आसन्न अधिवेशनसँगै यहाँ चुनावी सरगर्मी बढेको छ । फागुन ७ गते झापाको दमकमा सङ्घको ११ औं अधिवेशन हुने निश्चित भएपछि औषधि व्यवसायीबीच चुनावी चर्चा सुरु भएको हो ।

चुनावी चर्चासँगै व्यवसायीले आ–आफ्नो तरिकाबाट उम्मेदवारी घोषणा गर्न थालेका छन् । विर्तामोडका औषधि व्यवसायी नरेन्द्रप्रसाद बरालले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले औषधि व्यवसायीको हकहितका लागि आफू्ले उम्मेद्वारी दिन लागेको बताए । बराल विर्तामोडका ओसिएन फर्माका सञ्चालक हुन् ।

सङ्घको अधिवेशनले १७ सदस्यीय नयाँ अञ्चल समिति चयन गर्नेछ । नयाँ समितिको कार्यकाल तीन वर्षको हुनेछ । मेची अञ्चलभर चारसय ५० औषधि व्यवसायी रहेका छन् । त्यसमध्ये चारसय २२ जना सङ्घमा आवद्ध रहेको जनाइएको छ ।

प्रकाशित मितिः २०७३ माघ १५

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com