Logo

अब घरजग्गा, गाडी र सेयरमा कुनै पनि वाणिज्य बैंकले ऋण नदिने, आजैबाट लागु

काठमाण्डौं । वाणिज्य बैंकहरुले गाडी तथा घरजग्गामा केही समय ऋण लगानी रोक्ने भएका छन्। बैंकहरुले सेयर धितो कर्जा ऋण पनि रोक्ने भएका छन् ।

संघको तर्फबाट गभर्नरलाई भेटेर फर्किएको भोलीपल्टै अर्थात् आज बिहीबार अध्यक्ष अनिल शाहले सञ्चालनमा रहेका सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई विस्तृत छलफल गरेका छन्। छलफलले तत्काललाई गाडि, घरजग्गा, सेयर धितो ऋण रोक्ने निर्णय गरेको छ।

छलफलमा २७ वटा वाणिज्य बैकका प्रमुख कार्यकारी अधिकृतहरु उपस्थित थिए। हिजो मात्रै गभर्नर नेपालले घरजग्गा र सेयरधितो कर्जामा जस्तै गाडीमा पनि ऋणको सीमा तोक्ने अवस्था आइसकेको भन्दै सचेत गराएका थिए । गभर्नर डा चिरञ्जिबी नेपाल बैंकहरु नसुध्रिए कारवाही गर्ने अवस्थामा आफू पुगेको भन्दै अनुत्पादक क्षेत्रको ऋणलाई कम गर्न निर्देशन दिएका थिए।

२७ माघ २०७३, १।००

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com