Logo

किसानलाई दिइएको करिब चार खर्ब ९१ अर्ब रुपैयाँ ऋण मिनाहा गर्ने

लखनऊ । भारतीय राज्य उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले किसानलाई दिइएको करिब चार खर्ब ९१ अर्ब रुपैयाँ ऋण मिनाहा गर्ने घोषणा गरेका छन्।

आदित्यनाथले मुख्यमन्त्रीको सपथ लिएपछि यही मंगलबार पहिलो पटक बसेको मन्त्रिपरिषद् बैठकले किसानलाई दिइएको ऋणमध्ये सो रकम मिनाहा गर्ने निर्णय गरेको हो। सरकारको यो निर्णयबाट २ करोड १५ लाख किसान लाभान्वित हुनेछन्।

 

२४ चैत २०७३, ७।००

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com