Logo

सीमावर्ती क्षेत्रमा सेनाको टोली

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिकाको कप्तानगन्जमा चुनावी सुरक्षाका लागि नेपाली सेनाको टोली खटाइएको छ ।

आगामी जेठ ३१ गते हुन लागेको दोश्रो चरणको स्थानीय तहको निर्वाचनलाई दृष्टिगत गरेर सुरक्षाका लागि नेपाली सेनाको एउटा समूह त्यहाँ राखिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले जानकारी दिए । प्रजिअ पराजुलीकाअनुसार चुनावी सुरक्षाका लागि पूर्वी पृतनाको मातहतमा रहने गरी बुधबारबाट त्यहाँ नेपाली सेना खटाइएको हो ।
११ जेठ २०७४

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com