Logo

अब यसरी लोप हुँदैछ खाना पकाउने एलपी ग्याँस,सिलण्डर के काम ?

काठमाडौ। आगामी तीन बर्षभित्रै नेपालबाट खाना पकाउने एलपी ग्यास विस्थापित हुने भएको छ । उर्जा मन्त्रालयले सबै नेपालीको घरमा विद्युतको पहुँच विस्तार गरेर आगामी तीन बर्षभित्रै एलपी ग्यास मुक्त मुलुक बनाउने योजना अघि सारेको हो ।

उर्जा मन्त्रालयले नेपाली जनताका भान्छामा तीन बर्षपछि एलपी ग्यासँ नभएर विद्युतिय उपकरण मात्रै हुने बताएको हो । त्यसका लागि चालु आवको बजेट मार्फत तीन बर्षभित्रै एलपी विस्थापित हुने योजनासहितको बिशेष योजना ल्याउने भएको हो ।

नेपालको पानी जनताको लगानी अभियानका लागि ७ अर्बको लगानी प्रतिवद्धता समेत आईसकेको पनि उर्जा मन्त्रालयले जनाएको छ । नयाँ पत्रिका दैनिकबाट

प्रकाशित मितिः २०७४ जेठ १४

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com