काठमाडौ। आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । शुक्रबार कर फछ्र्यौट आयोगमार्फत भएको निर्णयबारे सोधपुछ गर्न अख्तियारले उनलाई बोलाएको थियो । त्यही क्रममा उनी पक्राउ परेका हुन् ।
उनले विभिन्न फर्मलाई अर्बौं रुपैया छुट दिएको पाइएपछि अख्तियारले शर्मामाथिको अनुसन्धान जारी छ । यस्तै अकूत सम्पत्ती आर्जन गरेको आरोपमा महानिर्देशक शर्मा पक्राउ परेका हुन् ।
प्रकाशित मितिः २०७४ जेठ १९
वि.सं.२०७४ जेठ १९ शुक्रवार १७:४२ मा प्रकाशित