back
NMB ad

वियोगले जन्माएको एक सामाजिक अभियन्ता ‘बिष्णु गौतम’

Kumari bank ad
kala pantha
कला पन्थ

एकाएक आफ्नो मुटुका टुक्राहरुलार्इ गुमाउँदा गौतम परिवार आफुलार्इ संहाल्नै नसक्ने अबस्थामा पुग्यो । जो कोहिले पनि अनुमान गर्न सक्छ कि यो पिडा उहाँहरुको जीवनमा असामान्य थियो । उक्त घटनाहरुको कारण आफ्नो जीवनलाई भोटेकोशीमा फाल हाली सपरिवार देहत्याग गर्ने योजनामा बिष्णु दाजु पुग्नु भयो ! अकस्मात उहाँको दिमागमा मृत्युबरणबाट जो कोहीले पनि उन्मुक्ति पाउँदैन र यो समस्याको समाधान पनि होइन भन्ने सोच आयो । अत्यन्त नयाँ जोश र दृढ बिश्वासका साथ बाँकी रहेको जीबन सामाजिक सेवामा योगदानदिने बाचाका साथ अगाडी बढ्ने आँट गर्नु भयो ।

मानिस एक सामाजिक प्राणी हो । अनि जीवन संयोगान्त र वियोगान्तको संगालो हो । कहिलेकाही मानिसले आफ्नो जीवन जिउने क्रममा कल्पना नै नगरेको असहज घटनाहरु सहनु पर्दछ । सुख र सन्तुष्टिमा चलिरहेको जीवन कहाँ नेर भत्कन्छ थाहै हुँदैन, जो कोहिको पनि । यसैको ज्वलन्त उदाहरण हुन लक्ष्मी प्रतिष्ठानका पात्रहरु आदरणीय दाजु बिष्णु गौतम र भाउजू लक्ष्मी गौतम ! काठमाडौं तिलगंगा निबासी दाजु बिष्णु गौतम र लक्ष्मी गौतम तिनवटा छोराहरु र एक छोरीका अभिभावक हुनुहुन्थ्यो । त्यती बेलाउहाँहरुको परिबार स्वर्ग जस्तै थियो । आफ्नै ब्याबसायमा संलग्न कर्तव्य निष्ठ अतिनै मिलनसार जेष्ठ सुपुत्र कुमार गौतमको अचानक मोटर साइकल दुर्घटनामा परि असामयिक निधन भयो । यस दुःखद घटनाले स्वर्ग जस्तो परिबारमा ठुलो वियोगान्त र बज्रपातले शोकाकुल बन्यो र यस परिवारले आफुहरुलार्इ जसरी तसरी संहाल्न पुग्यो । बिधाताको नियति नै यस्तो भएपछि कस्को के लाग्छ र !

Laxmi foundetion

पुरानो घाउमा मलम लगाउन नपाउँदै केही महिनाको अन्तरालमा श्रृङ्खला बद्ध रुपमा अर्को दुःखद घटना घटयो । अध्ययनको शिलशिलामा अमेरिकामा रहेका अत्यन्त जेहन्दार माइला छोरा बलराम गौतमको हरिणलाई जोगाउने क्रममा कार दुर्घटना भएको खबरले पुन उहाँको परिवार शोकाकुल बन्यो । यसरी एकाएक आफ्नो मुटुका टुक्राहरुलार्इ गुमाउँदा गौतम परिवार आफुलार्इ संहाल्नै नसक्ने अबस्थामा पुग्यो । जो कोहिले पनि अनुमान गर्न सक्छ कि यो पिडा उहाँहरुको जीवनमा असामान्य थियो । उक्त घटनाहरुको कारण आफ्नो जीवनलाई भोटेकोशीमा फाल हाली सपरिवार देहत्याग गर्ने योजनामा बिष्णु दाजु पुग्नु भयो ! अकस्मात उहाँको दिमागमा मृत्युबरणबाट जो कोहीले पनि उन्मुक्ति पाउँदैन र यो समस्याको समाधान पनि होइन भन्ने सोच आयो । अत्यन्त नयाँ जोश र दृढ बिश्वासका साथ बाँकी रहेको जीबन सामाजिक सेवामा योगदानदिने बाचाका साथ अगाडी बढ्ने आँट गर्नु भयो । यसैक्रममा बिष्णु दाजुले राजनैतिक सोच भन्दा टाढा रहेर परोपकारी संस्था लक्ष्मी प्रतिष्ठानको स्थापन गर्नु भयो । यो संस्थाको उदेश्य मुलत महिला सशक्तिकरण, रोड सेफ्टी, बालबालिकालाई शिक्षा स्वास्थमा पहुँच, खाने पानी बितरण आदि रहेका छन् । जब लक्ष्मी प्रतिष्ठानको स्थापन भयो अनि सामाजिक कामहरु अगाडी बढदै गए । त्यही समयमा दाजुले चितवनको दुर्गम गाउँ कान्दा भन्ने ठाँउमा खाद्यान्नको अभावमा जंगली च्याउ खादा एकै परिवारका सबै सदस्यहरुको मृत्युको खबर छापामा आयो । त्यस पछि उहाँ चितवनको दुर्गम गाउँ कान्दा जहाँ मितेरी फाउन्डेसनको सहयोगमा उक्त घटना घटेको स्थानमा पुग्नु भयो ।

Laxmi foundetion 1

वास्तवमा त्यो कान्दा गाँस, बास, कपास, शिक्षा, स्वास्थ, खानेपानी आदिबाट बन्चित दुर्गम चेपाङ बस्ती थियो । बिद्यालय उमेरका बच्चाहरु धेरै भएता पनि थोरैमात्र बालबालिकाहरु करिव चार घन्टाको पैदल यात्र गरी बिद्यालय पुग्थे । उनीहरुको खाद्यान्न जङली च्याउ, गिठा भ्याकुरमा सिमित थियो ।उनीहरुको जीवन चरम गरिबी र अभावमा गुज्रिएको थियो । मानिसले मानिसको लागि सेवा गर्नु नै मुल धर्म हो भन्ने मान्यताका साथ उहाँ उक्त दुर्गम बस्तिलार्इ सुगम बनाउन विभिन्न कार्यक्रमहरु लिएर आफ्नो संथा मार्फत अगाडी बढनु भयो । भगवानले तँ आँट म पुर्याउछु भने जस्तै, देश बिदेशमा रहेका सहयोगी हातहरुको सहयातले गरिबी निवारण गर्न खाद्यान्न आपूर्ति शिक्षामा बालबालिकाको पहुँचको लागि छात्रवास निर्माण, खेलमैदान, पुस्तकालय र लक्षित बर्गहरुको लागि करिब १०२ घर धुरी निर्माण गर्ने कार्यक्रम अगाडी ल्याइयो । हाल ६३ घरहरु निर्माण भैसकेका छ्न भने ३९ वटा घरहरु निर्माण क्रममा छ्न । विभिन्न देश बिदेशमा रहनु भएका महानुभावहरुको सहयोगको कारणले गर्दा लक्षित बर्गका बालबालिकाहरु कुमार बलराम स्मृति छात्रबासमा १६३ जना बालबालिकाहरुलाई खान, बस्न र अध्ययनको लागि निःशुल्क व्यवस्था गरिएको छ । बिद्यालय हाता भित्र रहेको उपयुुक्त खेल मैदानमा जुडो कराते जस्ता विभिन्न खेलहरु खेलिराखेका छ्न ।

Laxmi foundetion 2
यो संथाले साथिका लागि साथी भन्ने कार्यक्रम पनि ल्यएको छ । उक्त बस्तिलार्इ आत्मनिर्भर बनाउनको निम्ति रोजगारीका अवसर सिर्जना गर्नको लागि कृषि, पशुपालनमा प्रोत्साहन, आन्तरिक र बाहय पर्यटनको प्रबर्द्धन तर्फ लक्ष्मी प्रतिष्ठान अगाडी बढदै छ । दुई वर्ष अगाडी नेपालमा आएको बिनासकारी भुकम्पमा पनि काभ्रे र सिन्धुपाल्चोकमा यस संस्थाले अतुलनीय योगदान गरेको छ । आफू असहनिय घटनाले बिचलित हुँदा पनि आफ्ना पिडाहरुलार्इ थाती राखेर सामाजिक सेवामा अहोरात्र खटिरहने लक्ष्मी प्रतिष्ठान प्रति म ह्र्दयदेखि नमन गर्द्छु। यस्ता महान अभियान्ता र संस्था माथी राज्यको नजर पुगेको छ वा छैन यस बारे म अनबभिज्ञ छु । यदि राज्यको नजर पुगेको छैन भने पुर्याउन अनुरोध गर्दै प्रोत्साहन गरिदिन अनुरोध गर्दछु । जस्ले गर्दा आगामी दिनहरुमा समाज सेवामा योगदान पुर्याउने सघ संस्था र ब्यक्तिहरुमा अझ बढी समाजलाई योगदान गर्ने थप उर्जा थपियोस ।स्वयं लक्ष्मि प्रतिष्ठानका संस्थापक दाजु आर्थिक साथै अन्य सहयोगहरु जुटाउनको निम्ति कहिले बेलायत कहिले अमेरिका र अन्य मुलुकहरू भ्रमण गरिरहनु भएको छ । अन्त्यमा देश अथवा बिदेशमा विभिन्न पेसा र ब्यवसाय गरेर बस्नुहुने महानुभावहरुलार्इ हरेक क्षेत्रबाट उक्त लक्ष्मी प्रतिष्ठानलाई सहयोग गरि प्रतिष्ठानले राखेका उद्देश्यहरु सफल पारी दिनहुन अनुरोध गर्द्छु ।

प्रकाशित मिति : ३१ जेठ २०७४

वि.सं.२०७४ जेठ ३१ बुधवार १६:२० मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...