back
NMB ad

एनएम्एको अबको निर्वाचन पिक खोस्न चाहने र पिक बचाउने समूहबीचको लडाँई !

Kumari bank ad

काठमाडौ । आगामि साउन २१ गते हुन गईरहेको नेपालको पर्वतीय पर्यटनको महत्वपूर्ण संस्था नेपाल पर्वतारोहण संघ(एनएमए) नयाँ कार्यसमिति निर्वाचन बारे यतिबेला पर्यटन क्षेत्रमा तातो बहस चलिरहेको छ । एनएम्एको नयाँ नेतृत्वका लागि पर्यटनसँग सम्बद्ध राजनीतिक संगठन र विभिन्न समूहका बीच छलफल भईरहेको छ । यसैबिच पर्वतीय पर्यटन क्षेत्रमा लामो योगदान पुर्याएका पुराना पर्यटन व्यवसायी एवं आगामि कार्यकालका लागि अध्यक्षका प्रत्यासी जिम्बाजाङ्बु शेर्पाले आफ्नो उम्मेदवारी अगाडि बढाउँदै छन् । पर्यटन क्षेत्रमा शुद्धिकरणको आवश्यकता महशुस गर्दै उनले आफ्नो उम्मेदवारी दिन लागेको बताएका छन् ।

प्रस्तुत छ एनएम्एको आगामि कार्यकालका लागि अध्यक्षका प्रत्यासी जिम्बाजाङ्बु शेर्पासँग अर्थतन्त्रका लागि हरिशरण न्यौपानेसँगको कुराकानीमा आधारित संपादीत अंशः

 

विवादित संघलाई आजको यो स्थानसम्म ल्याउन मैले ठूलो भूमिका निर्वाह गरेको छु

एनएमएको नेतृत्वमा पहिलोपटक जाँदा विवादित अवस्था थियो । त्यतिबेला २ वर्षसम्म मुद्धा मामिलामा समय खर्चिनुपरेको थियो । एनएमएको अस्तित्व जोगाउनको लागि नै मैले २ वर्ष योगदान गरें । त्यसपछि जिल्ला प्रशासन कार्यालयद्धारा निर्वाचन गरेर नयाँ कार्यसमिति चयन गर्नु भन्ने आदेश भएपछि निर्वाचनबाट म पुनः अध्यक्षमा निर्वाचित भएको थिएँ ।

उक्त कार्यकालमा विधान संशोधन गराई असन्तुष्ट पक्षलाई समेत समेटेर संघलाई विवादरहित बनाई हालको कार्यसमितिलाई मैले आफ्नो जिम्मेवारी हस्तान्तरण गरेको हुँ । यसमा म गर्व महशुस गर्दछु । यसरी तत्कालिन अबधिमा विवादै विवादमा रहेको र मुद्धा मामिला झेल्नुपर्दा आफुले सोचेअनुरुप कार्य गर्न नपाएको हुँदा पुनः एकपटक संघको नेतृत्व गर्न चाहेको हुँ ।

बाहिर चर्चामा आएका अध्यक्षका प्रत्यासीहरु आफैंमा विवादित र संघको हितमा काम गर्न नसक्ने

वर्तमान कार्यसमितिको पालामा केहि निहित स्वार्थ राख्नेहरु र संघलाई बिगार्न खोज्ने समूहले संघको पिक खोस्ने काम भयो । जसबाट संघले गर्दै आएको दक्ष जनशक्ति उत्पादन, एवं पर्वतीय पर्यटनको प्रबद्र्धनात्मक कार्यक्रममा नकारात्मक असर पर्न गएको छ । हाल अध्यक्षका प्रत्यासीहरु जो बाहिर चर्चामा आएका छन् उनीहरु आफैं विवादित र संघको हितमा काम गर्न नसक्ने देखेर मैले अध्यक्षको दाबी गरेको हुँ ।

संघको छबी उच्च पार्न सक्षम नेतृत्व आवश्यक

अन्तर्राष्ट्रिय जगतमा नेपाल पर्वतारोहण संघको छबी उच्च रहेको छ । त्यो छबीलाई जोगाईराख्न समेत संघमा सक्षम नेतृत्व आउनु आवश्यक छ ।

पिक खोस्न सक्रियहरु नै नयाँ कार्यसमितिमा नेतृत्वको दाबी गर्दै

त्यतिबेला जो पिक खोस्न सक्रिय समूह थिए उनीहरु नै अहिले नयाँ कार्यसमितिमा नेतृत्वको दाबी गर्दैछन् । संघको हित नचिताउने समूहलाई जिम्मेवारी दिनु भनेको अफ्नै खुट्टामा बन्चरो हान्नु सरह हो ।

एनएम्एको अबको निर्वाचन पिक खोस्न चाहने र पिक बचाउने समूहबीचको लडाँई

आशा छ पर्वतीय पर्यटनमा लागेका व्यवसायीहरु र आरोहीहरुले यो कुरा बुझ्नु नै हुनेछ । म अध्यक्ष बनुँ या नबनुँ तर संघको छवी धमिल्याउन चाहनेहरुलाई सबैले खबरदारी गर्नु आज हामी सबैको कर्तव्य हो । अबको निर्वाचन भनेको पिक खोस्न चाहने समूह र पिक बचाउने समूहबीचको लडाँई हो भन्ने मेरो बुझाई छ ।

पिक खोस्न चाहने तत्वसँग समयमै सजग हुन आवश्यक

Zimba Sherpa1

एनएमएको पिक खोस्ने, बिगार्न चाहने तत्वहरुले जसरी पनि एनएमएको नेतृत्व लिन चाहेको देखिएकाले यी तत्वहरुले एनएमएलाई धरासायी बनाउने अर्काे षड््यन्त्र त रच्न लागेको होईन ? तसर्थ पर्वतीय पर्यटन व्यवसायीहरुलाई समयमै सजग हुन अनुरोध गर्दछु । तपाई हामी सबै पर्वतीय पर्यटनमा लाग्नुभएकाहरुसमक्ष म यो आग्रह गर्दछु कि एनएमएको पिकको अधिकार संरक्षणका लागि हामी सबै लाग्नैपर्छ । यसैले कोहि व्यक्ति वा समूहलाई प्रयोग गरेर पर्वतीय पर्यटनलाई ध्वास्त पारी एकलौटी कब्जा गर्न खोज्ने तत्वहरुलाई परास्त गर्नु अहिलेको आवश्यकता हो ।

प्रकाशित मितिः २०७४ साउन १०

वि.सं.२०७४ साउन १० मंगलवार ११:१८ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...