Logo

के तपाई नयाँ उद्यम गर्ने सोचमा हुनुहुन्छ ? उद्यम गर्नेहरुका लागि सीड् क्याम्प आयोजना हुँदै

काठमाडौँ । उद्यमीहरूका लागि अर्को थिम–टेक (प्रविधि) केन्द्रित संस्करण उद्यमी सीड् क्यम्प् आयोजना हुने भएको छ । स्टार्ट अप्स नेपालको आयोजनामा उक्त कार्यक्रम सञ्चालन हुन लागेको हो । सो कार्यक्रमको लागि भदौको ४ गते सम्म आवेदन दिन सकिन्छ ।

स्टार्ट अप्स नेपालका अनुसार यस क्याम्पले भविष्यमा उद्यमी बन्ने सपना बुनेकाहरुलाई दक्ष प्रशिक्षक द्वारा प्रसिक्षण दिई उनीहरुको सपनालाई उद्यममा रूपान्तरण गर्न सिकाइन्छ।क्याम्प आयोजना गर्नुको मुल उद्धेश्य भिन्न तथा नविनतम व्यावसायिक बीचारलाई सहयोग गरि व्यावसायिक संजाल अभिवृति गर्नु रहेको छ । आफ्नो व्यवसायिक सोचमा सहभागी टोलीले कुनै पनि स्तरमा प्रविधिको सामिल गरेको हुनु पर्ने यस टेक संस्करणको मापदण्ड रहेको छ ।

हरेक वर्ष नेपलमा नयाँ बिचार लिगेर प्राविधिक विषयमा अध्ययन गर्ने भविष्यका उद्यमीहरू बढिरहेका छन्। तसर्थ, कारोबार तथा बढी सफलता र प्रतिस्पर्धी प्रविधिको संस्थापनसंग व्यापारलाई विश्वव्यापी बनाएको छ ।

थप जानकारीका लागि
Website: www.startupsnepal.com/udhyami

Facebook details: www.facebook.com/UdhyamiSeedCamp/

 

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com