back
NMB ad

‘राष्ट्रिय गौरवको आयोजनाहरु कार्यान्वयनगर्नु मेरो पहिलो प्राथमिकता-मन्त्री गौतमले

Kumari bank ad

काठमाडौं । सिँचाईमन्त्री सञ्जय गौतमले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन एकै चरणमा गराउन सरकारले तयारी सुरु गरिसकेको स्पष्ट पारेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्रीगौतमले सरकारले एकै चरणमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचनगर्ने तयारी गरेको बताएका हुन् ।
गौतमले भने,‘एकै चरणमा निर्वाचन गर्ने बारे प्रधानमन्त्री शेरबहादुर देउवाजीले पनि निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गरिसकेका छन् । सरकार एकै चरणमा निर्वाचन गराउन सक्षम छ, हामी पूर्ण तयारी अवस्थामा छौं।’ उनले माघ ७ गतेभित्रै सबै निर्वाचन गर्नुपर्ने भएकोले सरकार यसबारेमा गम्भिर भएर लागि परिरहेको बताए ।
क्लबका सभापति ऋषिधमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले एकै चरणमा निर्वाचन गराउँदा राम्रो हुने समेत बताए । उनले थपे,‘एकै चरणमा निर्वाचन गराउँदा कम खर्च हुन्छ, त्यसैले प्रधानमन्त्रीजीले निर्वाचन आयोगसँग छलफल गरिसकेका हुन् । यसबारेमा आयोग पनि सकारात्मक छ, अन्य पार्टीहरुसँग पनि सरसल्लाह गरेर एकै चरणमा निर्वाचन गराउन ेगरि छिट्टै मिति घोषणा हुन्छ, सोही अनुसार सरकार तयारी अवस्थामा छ, सरकारले चाह्यो भने किन नहुनु ?निर्वाचन एकै चरणमा गर्न संभव छ ।’
त्यस्तै उनले राजपालाई पनि निर्वाचनमा सहभागी गराउनको लागि सरकारले ईमानदार प्रयास गरिरहेको जनाए । उनले भने,‘राजपालाई पनि निर्वाचनमा सहभागी गराउन सरकारले पहल गरिरहेको छ, असोज २ गते हुने प्रदेश नम्बर २ को स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा उहाँहरुलाई सहभागी गराउनहामी ईमानदार भएर लागिपरेका छौं।’ राजपाकै माँगबमोजिम सरकारले नीतिगत रुपमासंशोधन प्रस्ताव सदनमा पेश गरेको स्पष्ट पारे ।
मन्त्रीगौतमले भने,‘हामीसँग संशोधन प्रस्तावपारित गराउनदुई तिहाई मत छैन, त्यसैले प्रस्तावभोटिङमा गएयसको रिजल्टलाई सबैले स्विकार गर्नुपर्छ।’
त्यस्तै उनले नेपाल कृषि प्रधान देश भएकोले सिँचाई व्यवस्थालाई सुदृढ गर्न आफू गम्भिर भएर लागि पर्ने समेत विश्वास दिलाए । उनले सिँचाई सम्बन्धी योजना धेरै वर्ष पूरानो भएकोले आफ्नो प्रथम योजना नै सिँचाई सम्बन्धी नयाँ मास्टर प्लान ल्याउने विश्वास दिलाए ।
मन्त्री गौतमले भने,‘राष्ट्रिय गौरवको आयोजनाहरु कार्यान्वयनगर्नु मेरो पहिलो प्राथमिकता हो।’ उनका अनुसार बबही, भेरी, सिक्टा र रानीजमारा सिँचाई आयोजनाहरुलाई समयमै कार्यान्वयनगर्नको लागि आफू गम्भिर रहेको जनाए ।‘म त बर्दियाको मान्छे, भावानात्मक रुपमा पनि म यस्ता सिँचाई आयोजनाहरुसँग जोडिएको छु, अब साना तथा मझौला आयोजनाहरुलाई समेत अघि बढाउनेछु, उनले थपे,‘अब कृषि उत्पादनलाई समेत अघि बढाउने मेरो प्राथमिकता छ।’
कृषिलाई उद्योगको रुपमा विकास गर्ने आफ्नो योजना रहेको उनले सुनाए । उनले थपे,‘अन्तर मन्त्रालय समन्वय गरेर खास गरि कृषि, स्थानीयतथावातावरण मन्त्रालयवीचएकीकृत रुपमायसबारेमा छलफल गरेर अघि बढ्नुपर्छ।’
त्यस्तै नदी नियन्त्रण, बाढि पहिरो लगायतका प्राकृतिकविपद्को व्यवस्थापन गर्ने र जनतालाई राहतदिनेगरि आफू अघि बढ्ने समेत जनाए । त्यस्तै उनले कृषि योग्य जमिनमा सिँचाई पुर्याउने आफ्नो लक्ष्य रहेको समेत योजना सुनाए । गौतमले उर्जा क्षेत्रमा नयाँ काम भए अनुसार सिँचाई क्षेत्रमा पनि राम्रो काम हुने विश्वास दिलाए ।
कार्यक्रममा रिपोर्टर्स क्लब नेपालले नवनियुक्त मन्त्री गौतमलाई सम्मान तथा सफलताको बधाई दिएको थियो । क्लबका सभापति ऋषिधमलाले मन्त्री गौतमलाई जनताको सेवामा तल्लिन भएर नतिजा दिने गरि काम गर्नको लागिआग्रह गरेकाथिए । उनले भने,‘अब तपाईले भाषण गर्ने काम नगर्नुहोस्, परिणाम ल्याउनेगरि काम गर्नुहोस्।’ मन्त्री गौतमले आफूलाई क्लबले सम्मान गरेकोमा खुसी व्यक्त गरे ।

प्रकाशित मितिः २०७४ साउन १४

वि.सं.२०७४ साउन १४ शनिवार १८:०७ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...