Logo

जेफ बेजोस बने सन्सारकै धनी, विल गेट्स किन पछि परे ?

काठमाडौँ । विश्व धनाढ्य एक नम्बरका व्यक्ति विल गेट्स यसपाली भने दोस्रो नम्बरमा परेका छन् । उनलाई थोरै अन्तरले जेफ बेजोसले पछाडि पारेका हुन् ।
विश्वकै ठूलो अनलाइन रिटेलर कम्पनी अमेजनको सेयरमा भएको भारी वृद्धिसँगै कम्पनीका कोफाउन्डर जोसेफ विश्वकै धनी व्यक्ति बने पछि माइक्रोसफ्ट कम्पनीका बिल गेट्स दोस्रो स्थानमा पुगेका हुन् ।

ब्लुमबर्ग बिलेनियरको रिपोर्टअनुसार मंगलबार अमेजनको सेयर १.३ प्रतिशतले बढ्यो। यो सँगै बेजोसको कुल सम्पत्ति ९०.९ अर्ब डलर पुगेको छ। सन् २०१७ को सुरुवातमा बेजोस विश्वका चौथा धनी व्यक्ति थिए। अहिले उनले वारेन बफेट र अमान्सियो आर्टिगोलाई पनि पछि पार्दै ठूलो छलाङ मार्न सफल भएका छन् । हाल जेफ बेजोसको ९०.९ अर्ब डलर र बिल गेट्सको ९०.७ अर्ब डलर सम्पत्ति छ । त्यसैगरी अमान्सियो आर्टिगोको ८२=७ अर्ब डलर र वारेन बफेटको ७४.५ अर्ब डलर छ । उनीहरुलाई मार्क जुकरवर्गले ७०.५ अर्ब डलरले पच्छाएका छन् ।

प्रकाशित मितिः २०७४ साउन १५

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com