Logo

क्लासिक टेकले ल्यायो नेपालमै पहिलो पटक उच्चगतिको १०० एमबिपिएस ईन्टरनेट

काठमाडौं । गुणस्तर र भरपर्दो ईन्टरनेट सेवा प्रदान गर्ने लक्ष्यका साथ बिगत ८ बर्ष देखि नेपालको ७२ जिल्लामा फैलिएको क्लासिक टेकले नेपालमै पहिलो पटक उच्चगतिको १०० एमबिपिएस अनलिमिटेड ईन्टरनेट सेवा शुरु गरेको छ ।

विश्वकै उत्कृष्ट जिपिओएन प्रविधिमा आधारित ईन्टरनेट सेवा प्रदान गर्दै आएको कम्पनीले छोटो समयमा ग्राहकको मन जित्न सफल भएको छ । कम्पनीले सेवाग्राहिको र समयको मागलाई ध्यानमा राख्दै नेपालमै पहिलो पटक उच्चगतिको १०० एमबिपिएस अनलिमिटेड ईन्टरनेट सुपथ मुल्यमा ल्याएको प्रेस विज्ञप्ति मार्फत जानकारी दिइएको छ ।

यसका साथै ६ एमबिपिएस अनलिमिटेड ईन्टरनेट मात्र रु १०९९ प्रतिमहिनाको दरमा र १५ एमबिपिएस अनलिमिटेड ईन्टरनेट रु १२९९ प्रतिमहिनाको दरमा ल्याएको होे । अफर अवधिभर जडान र फाईवर डिभाईस निशुल्क हुने कम्पनीले जनाएको छ । थप जानकारी क्लासिक टेकको वेबसाइट www.classic.com.np मार्फत लिन सकिन्छ ।

प्रकाशित मिति २०७४ साउन २४

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com