back
NMB ad

६ दशमलव ३ रेक्टर स्केलको भूकम्पको धक्का,कारण परमाणु परीक्षण ?

Kumari bank ad

उत्तर कोरियामा ठूलो भूकम्पको धक्का गएको छ । उत्तर कोरियाले गरेको परमाणु परीक्षणका कारण भूकम्पको धक्का गएको अनुमान गरिएको छ ।

उत्तर कोरियाले आफ्नो छैटौं परमाणु परीक्षण गरेको अमेरिका र दक्षिण कोरियाले अनुमान गरेका छन् । अमेरिकी भूगर्भ विभागले परमाणु परीक्षणका कारण गएको भूकम्पको धक्का ६ दशमलव ३ रेक्टर स्केलको रहेको छ । यो परमाणु परीक्षणकै कारण भएको हुन सक्ने युएसजिएसले जनाएको छ । अहिले भूकम्पको धक्का महसुस गरिएको क्षेत्रबाट नै उत्तर कोरियाले यसअघि परमाणु परीक्षण गरेको थियो ।

उत्तर कोरियाले नयाँ हाइड्रोजन बम बनाएको घोषणा गरेको केही घण्टापछि नै भूकम्पको धक्का महसुस गरिएको हो । उत्तर कोरियाका नेत किम जोङ–उनले नयाँ हाइड्रोजन बमको छेउमा उभिएर खिचाएको तस्बिर सार्वजनिक गर्दै त्यहाँको सरकारी समाचार संस्थाले नयाँ बम ठूलो क्षमताको रहेको बताएको थियो ।north korea kim jon 1

यो बमलाई मिसाइलमा लगाउन सकिने दाबी गरिएको छ । दक्षिण कोरियाका अनुसार आइतबार बिहान सम्भावित परमाणु परीक्षणका कारण गएको भूकम्पको धक्का उत्तर कोरियाको परमाणु परीक्षण स्थल पुनग्ये रीको नजिक रहेको किलजु काउन्टीमा केन्द्र विन्दु भएर गएको हो ।
उत्तर कोरियाले यसअघि गएको वर्षको सेप्टेम्बरमा परमाणु परीक्षण गरेको थियो । अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद पनि उत्तर कोरियाले परमाणु तथा मिसाइल कार्यक्रम गर्दै आएको छ ।

north korea kim jon

प्रकाशित मितिः २०७४ भदौ १८

वि.सं.२०७४ भदौ १८ आइतवार १२:१७ मा प्रकाशित

You can share this post!

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

वि.सं.२०८० चैत १५ बिहीवार १५:१७

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:०४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...