Logo

भाग्यमानीले पाउने भए २५% बोनस र १.३% नगद लाभांश !

काठमाडौं । हिमालयन बैंकले २५ प्रतिशत बोनस र कर तिर्न १.३१५८ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट बोनस र नगल लाभांश दिने निर्णय गरेको हो ।

हाल बैंकको चुक्ता पुँजी ६ अर्ब ४९ करोड १६ लाख २४ हजार रुपैयाँ छ । २५ प्रतिशत बोनस दिइसकेपछि बैंकको चुक्ता पुँजी ८ अर्ब ११ करोड ४५ लाख ३० हजार रुपैयाँ पुग्नेछ ।himalayan bank

प्रकाशित मितिः २०७४ कार्तिक १५

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com