Logo

बालक हत्या आरोपमा बाबु र भाउजू थुनामा

लहान । बालकको हत्या गरेको आरोपमा पक्राउ परेका बालकका बाबु र भाउजूलाई सिरहा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

गत २०७४ साउन ३१ गते हत्या गरिएका ११ वर्षीय मा। अरहानको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका बालकका बुबा सिरहा नगरपालिका–४ रमौल निवासी ५० वर्षीय मो. सलाउद्दिन सेख र सेखकै छोरा बुहारी २० वर्षीया डेजी भन्ने कुल्सुम खातुनलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

मो। अरहानलाई कर्तव्य गरी हत्या गरेको अभियोगमा गत असोज २० गते पक्राउ गरिएका सेख र निजकी बुहारी कुल्सुम खातुनलाई सिरहा जिल्ला अदालतले बिहीबार थुनामा राख्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ । रासस
प्रकाशित मितिः २०७४ कार्तिक १७

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com