Logo

एक हजार छ सय वेभसाइट बन्द

वेईजिङ । चीनमा प्रतिलिपी अधिकार उलंघन गरेका एक हजार ६५५ वेभसाइटलाई सरकारी अधिकारीहरुले बन्द गरिदिएका छन् । प्रतिलिपी अधिकार प्रशासकहरुले दुई लाख ७४ हजार ८०० वटा लिंक पनि हटाइएदिएको बिहीबार जानकारी दिएका छन् ।

प्रतिलिपी अधिकार उलंघन गर्नेहरुलाई कारबाही गर्ने अभियान उनीहरुले यसै बर्षको जुलाईमा सुरु गरेका हुन् । चीनको ‘साईबरस्पेस एडमिनिस्ट्रेसन’, उद्योग र सूचनाप्रविधि मन्त्रालय र सार्वजनिक सुरक्षा मन्त्रालयले प्रतिलिपी अधिकार उलंघन गर्नेहरु विरुद्धको कारबाही अभियान चलाएका छन् ।
रासस/सिन्ह्वा

फाईल फोटो गुगलबाट

प्रकाशित मितिः २०७४ कार्तिक १७

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com