back
NMB ad

सबैभन्दा बढी प्रदेश नं ३ मा, कहाँ कति छन् मतदाता !

Kumari bank ad

काठमाडौं । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा मुलुकभरीबाट कूल एक करोड ५४ लाख २७ हजार ९३६ मतदाता सहभागी हुन पाउने छन् ।

निर्वाचन कार्यालयका अनुसार तीमध्ये सबैभन्दा बढी प्रदेश नं ३ मा ३० लाख ७४ हजार ४१२ मतदाता रहेका छन् भने सबैभन्दा कम प्रदेश नं ६ मा कूल आठ लाख ४६ हजार ९४१ मतदाता रहेका छन् ।

प्रदेश नं ३ को १३ वटा जिल्लामा प्रतिनिधि सभाका लागि ३३ निर्वाचन क्षेत्र र प्रदेश सभाका लागि ६६ निर्वाचन क्षेत्र रहेका छन् । त्यस्तै सबैभन्दा कम मतदाता रहेको प्रदेश नं ६ को १० जिल्लामा प्रतिनिधि सभाका लागि १२ निर्वाचन क्षेत्र र प्रदेश सभाका लागि २४ निर्वाचन क्षेत्र कायम गरिएको छ ।

यसैगरी कूल २९ लाख ९३ हजार ७२० मतदाता रहेको प्रदेश नं १ को १४ जिल्लामा प्रतिनिधि सभाका लागि २८ र प्रदेश सभाका लागि ५६ निर्वाचन क्षेत्र तोकिएको छ ।

कूल २७ लाख ६७ हजार ३९३ मतदाता रहेको प्रदेश नं २ को आठ जिल्लामा प्रतिनिधि सभाका लागि कूल ३२ र प्रदेश सभाका लागि ६४ निर्वाचन क्षेत्र तोकिएका छन् ।

यसैगरी कूल १५ लाख ६८ हजार ९२७ मतदाता रहेको प्रदेश नं ४ को ११ जिल्लामा प्रतिनिधि सभाका लागि १८ र प्रदेश सभाका लागि ३६ निर्वाचन क्षेत्र कायम गरिएको छ भने कूल २७ लाख ४० हजार ८६९ मतदाता रहेको प्रदेश नं ५ को १२ जिल्लामा प्रतिनिधि सभाका लागि २६ र प्रदेश सभाका लागि ५२ निर्वाचन क्षेत्र तोकिएका छन् ।

त्यस्तै कूल १४ लाख ३५ हजार ६७४ मतदाता रहेको प्रदेश नं ७ को नौ जिल्लामा प्रतिनिधि सभाका लागि १६ र प्रदेश सभाका लागि ३२ निर्वाचन क्षेत्र कायम गरिएको छ ।

संघीय संरचनाअनुरुप नेपालमा कूल ७७ जिल्लामा प्रतिनिधि सभाका लागि १६५ निर्वाचन क्षेत्र र प्रदेश सभाका लागि ३३० निर्वाचन क्षेत्र कायम गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।
प्रकाशित मिति ः १८ कार्तिक २०७४

वि.सं.२०७४ कात्तिक १८ शनिवार १३:३० मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...